विजेपी विधायकमाथि गम्भिर आरोप : सामुहिक बलात्कार गरेपछि मुखमा पिसाब फेरिदिए

बेंगलुरु- एक ४० वर्षीया बेंगलुरु सामाजिक कार्यकर्ताले भारतीय जनता पार्टीका एक विधायककाविरूद्ध प्रहरीमा उजुरी दायर गरेकी छिन् ।
वर्तमान विजेपी विधायक र तिनका तीन सहयोगीहरूले जून २०२३ मा उनलाई सामूहिक बलात्कार गरेको आरोप उनको छ ।
उजुरी यस हप्ता दायर गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । आरआर नगर विधायक मुनियर्तना नायडू र उनका तीन सहयोगीहरूलाई आरोपीको रूपमा नाममा मुछिएको छ। उक्त समूहले आफ्नो काँधमा अज्ञात पदार्थ सुई लगाएर सामुहिक बलात्कार गरेको तथा शारीरिक कुटपिट गरेको महिलाले आरोप लगाएकी छन् ।
साथै, उनले यो घटनापछि आफूले स्वास्थ्य समस्याको सामना गरिरहेको पनि दाबी गरेकी छिन् ।
उजुरी अनुसार आक्रमणको क्रममा अभियुक्तले उनको अनुहारमा पिसाबसमेत गरेका थिए र कतै भनेमा ज्यान मार्ने धम्कीसमेत दिएका थिए । यदि उनले विरोध गरे वा आवाज उठाए भने उनीहरूले उनको छोरालाई पनि मार्नेछन् र उनको परिवारलाई हानि पुर्याउँछन्।
प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान जारी रहेको बताएको छ। अहिलेसम्म कुनै अभियुक्त पक्राउ परेका छैनन् ।

इरानको सुरक्षा व्यवस्थामा नयाँ सुधारः ‘रक्षा परिषद्’ गठन हुने सम्भावना

गाजावासीलाई नगद सहायता दिइए पनि बजारमा खाद्यान्न अभाव : संयुक्त राष्ट्रसंघ

जापानको बेरोजगारी दर २.५ प्रतिशतमै स्थिर

नाइजेरियामा जिहादी आक्रमण : १५ किसान र बालबालिकाको हत्या

गाजामा मानवीय संकट चरममा : संयुक्त राष्ट्रसंघ

इरानसँग सबन्ध राखेको भन्दै ट्रम्पले लगाए ६ भारतीय कम्पनीमाथि प्रतिबन्ध

प्रतिक्रिया