चीनको पिज्जा बजार १०० अर्ब युआन नाघ्ने अनुमान
शाङ्हाई- चीनको पिज्जा बजार आगामी पाँच वर्षभित्र १०० अर्ब युआनभन्दा बढी पुग्ने अनुमान गरिएको छ ।
शाङ्हाईमा हाल सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय खाद्य प्रदर्शनीमा सार्वजनिक गरिएको उद्योगसम्बन्धी प्रतिवेदन अनुसार, चीनको पिज्जा बजार सन् २०२४ मा ४८ अर्ब युआनबाट सन् २०२५ मा ६० अर्ब युआन नाघ्ने अनुमान गरिएको छ । सन् २०२४ मार्चसम्म चीनभर ६० हजारभन्दा बढी पिज्जा पसल रहेका छन् ।
सन् २०१६ देखि २०२२ सम्म, तेस्रो तहका सहर र गाउँ (नगरहरूमा पिज्जा पसलहरूले वार्षिक १० प्रतिशतको दरले बृद्धि गरेका थिए, जुन ठूला सहरहरूमा भएको ७ दशमलव ६ प्रतिशतको तुलनामा बढी हो । सन् २०२५ देखि सन् २०२७ भित्र ती साना सहरहरूमा करिब १५ हजार नयाँ पिज्जा पसलहरू खुलने अनुमान गरिएको छ ।
सन् २०२२ मा पहिलो पटक चीनमा अनलाइन (इन्टरनेटमार्फत) अर्डर गरिने पिज्जाको बिक्री प्रत्यक्ष पसलबाट भएको बिक्रीभन्दा बढी भयो, जसको हिस्सा ५८ प्रतिशत नाघ्यो । आगामी वर्षहरूमा यो अनुपात अझ बढ्ने विश्वास गरिएको छ ।
चीनमा पहिलोपटक सन् १९९० मा विदेशी लगानीमा आधारित पिज्जा रेस्टुराँ खुलेको थियो । त्यसबेला पिज्जालाई महँगो पश्चिमेली खाना मानिन्थ्यो र ठूला सहरहरूमा मात्र पाइन्थ्यो । तर पछिल्ला केही वर्षहरूमा पिज्जा ग्रामीण क्षेत्रसम्म लोकप्रिय हुँदै गएको छ ।
विश्लेषकहरूका अनुसार, पिज्जाको माग बढ्नुमा सजिलो परिकार, नयाँ स्वादको खोजी, स्थानीय परिकारसँग मिल्दोजुल्दो बनावट र ग्रामीण क्षेत्रका उपभोक्ताहरूको खर्च गर्ने क्षमतामा बृद्धिले योगदान पुर्याएको छ ।
चीनमा जनसङ्ख्याको अनुपातमा पिज्जा पसलको सङ्ख्या अझै कम रहेको प्रतिवेदनमा भनिएको छ ।
चीनको पिज्जा बजारको विकास त्यसको खुला उपभोक्ता संस्कार र दीर्घकालीन आर्थिक क्षमता दर्शाउने सङ्केत रहेको उद्योग विश्लेषकले बताए ।
यो प्रदर्शनी सन् २०२५ शाङ्हाईमा सञ्चालन भइरहेको छ र यसमा ७५ वटा देश तथा क्षेत्रका पाँच हजारभन्दा बढी खाद्य कम्पनीहरू सहभागी छन् । (सिन्ह्वा)
अस्ट्रेलियाली प्रहरीद्वारा जासुसीको आरोपमा चिनियाँ नागरिकमाथि मुद्दा दायर

पाकिस्तानमा बाढीले १४० बालबालिकासहित २९९ जनाको मृत्यु

युरेनियम प्रशोधन हाम्रो अधिकार हो : इरान

घानाद्वारा ‘कोको’ किसानको मूल्यमा ऐतिहासिक वृद्धि

अमेरिकी श्रम बजार कमजोर हुँदै, अर्थतन्त्रमा जोखिम बढ्दै

भारतको आन्ध्र प्रदेशमा खानी दुर्घटना : ६ कामदारको मृत्यु , १० जना घाइते

इरानको आणविक कार्यक्रममा पाकिस्तानको समर्थन, दुई देशबीच १० अर्बको ब्यापार सम्झौ…

प्रतिक्रिया