पाकिस्तान र इरानबाट तीन हजार भन्दा बढी अफगान परिवार स्वदेश फर्किए

काबुल- अफगानिस्तानको उच्च आयोगले जानकारी दिएको अनुसार पछिल्लो पाँच दिनको अवधिमा पाकिस्तान तथा इरानबाट तीन हजार ३१९ अफगान परिवार अर्थात १८ हजार ६४० जना नागरिकहरू स्वदेश फर्किएका छन् ।
उनीहरू पूर्वी नान्गारहार प्रान्तको तोर्खम, दक्षिणी कान्धारको स्पिन बोल्दाक, पश्चिमी हेरातको इस्लाम कला, पश्चिमी निमरोजको अब्रिशम तथा दक्षिणी हेलमन्द प्रान्तको बह्रमचा सीमाबाट अफगानिस्तान प्रवेश गरेका हुन् ।
उक्त आयोगद्वारा उनीहरूलाई अस्थायी आवास, भोजन, पिउने पानी, आधारभूत स्वास्थ्य सेवा तथा आफ्नो प्रान्तसम्म पुग्न यातायात सुविधा उपलब्ध गराइएको जानकारी गराइएको छ ।
हाल करिब सात लाख अफगान शरणार्थीहरू विदेशमा बसोबास गरिरहनुभएको छ, जसमा अधिकांश अवैध रूपमा इरान र पाकिस्तानमा रहेका व्यक्तिहरू हुन् ।
पाकिस्तान र इरानका सम्बन्धित अधिकारीहरूले गैरकानुनी रूपमा बसोबास गरिरहेका विदेशी नागरिकहरूलाई स्वदेश फर्कन अनुरोध गरेका छन् । (सिन्ह्वा)

पाकिस्तान-अफगानिस्तान र चीनबीच बीआरआई योजनामा त्रिपक्षीय सहमति
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_Lc2usOgK8a_wqcv9gac6mzxq3eyaduutyvpnxnfkjevwzfzy5ar7phhmx0tjdxaygmvvfgd_0ePAaWMjv2_xrstx3atmhvwolvuwrn2uy9zh22kst7os92ewnvmd9xntbmrcuowgxta1bgc.jpg)
म्याड्रिड अमेरिकी स्कुल बाहिर युक्रेनी पुरुषको गोली हानी हत्या

जिउँदै आगो लगाउनेलाई अमेरिकामा सुई लगाएर दिइयो मृत्युदण्ड

युक्रेनको सैन्य प्रशिक्षणस्थलमा रूसी हमला : ६ जनाको मृत्यु

विजेपी विधायकमाथि गम्भिर आरोप : सामुहिक बलात्कार गरेपछि मुखमा पिसाब फेरिदिए

गाजामा इजरायली नाकाबन्दी : कुपोषण र औषधिको अभावमा ३०० बढी प्यालेस्टिनीको मृ…

प्रतिक्रिया