३३/११ केभीको लाकुरी सवस्टेशन चार्ज

रोल्पा : रोल्पाको लाकुरीमा विद्युत प्राधिकरणको ३३/११ केभी सवस्टेशन (उपविश्रामस्थल) चार्ज भएको छ ।
ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले प्राधिकरणको पूर्ण स्वामित्वमा रोल्पा नगरपालिका- ३ लाँकुरीमा नवनिर्मित सवस्टेशनको सोमबार उदघाटन गरेसँगै त्यसबाट विद्युत वितरण सुरु भएको छ ।
योसँगै रोल्पाका अधिकांश क्षेत्रका ग्राहकले भरपर्दो विद्युत सेवा पाउने भएको ऊर्जामन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
सवस्टेशन अभावमा यसअघि जिल्लामा पटक-पटक विद्युत सेवा अवरुद्ध हुने गरेको थियो । यसअघि रोल्पामा रहेको ३३ केभीको वितरण प्रणाली नयाँ सवस्टेशन सञ्चालनमा आएसँगै विस्थापित भएको छ । सवस्टेशनको सञ्चालनपछि एक स्थानमा समस्या हुँदा सबैतिर अँध्यारो हुने समस्या थियाो । यसबाट प्राविधिक चुहावट कम हुने तथा उद्योग सञ्चालनका लागि विद्युत सेवा नियमित उपलब्ध हुने भएको छ ।
भारतको एटू-जेड इन्फ्रा इन्जिनियरिङ र नेपालको त्रिपुरेश्वर-जयदुर्गे जेभीले निर्माण गरेको उक्त सवस्टेशन एसियाली विकास बैंकको १० करोड रुपैयाँको सहयोगमा निर्माण सम्पन्न भएको हो ।
सवस्टेशनबाट रोल्पाका सुनील स्मृति, लुङ्ग्र, सुनछहरी, रुण्टीगढी गाउँपालिका र रोल्पा नगरपालिकाका ग्राहकले विद्युत सेवा पाउने मन्त्रालयले जनाएको छ ।
यसअघि रोल्पामा प्यूठानको झिमरुक सवस्टेशनबाट विद्युत वितरण हुँदै आएको थियो ।
उज्यालो समृद्धिको प्रतीकः मन्त्री
सवस्टेशन उदघाटन समारोहमा मन्त्री पुनले आगामी दुई वर्षभित्र देशका अधिकांश भूभागमा विद्युतीकरण गरिसक्ने बताए । उज्यालो समृद्धि र विकासको प्रतीक भएकाले सरकारले उज्यालोलाई प्राथमिकतामा राखेको उनको भनाइ थियो । ‘उज्यालो समृद्धिको प्रतीक हो, समृद्धिको ढोका हो’, मन्त्री पुनले भने, ‘सरकारले दुई वर्षभित्र हरेक नेपालीको घरमा विद्युत पुर्याउने गरी काम गरिरहेको छ ।’
मन्त्री पुनले रोल्पामा बन्न लागेको १ सय ५६ मेगावाटको माडी जलाशययुक्त आयोजनाको विस्तृत आयोजना अध्ययन करिब सकिएकाले अब छिट्टै निर्माणको प्रक्रिया अघि बढ्ने पनि जानकारी दिए ।
मन्त्री पुनले दुई वर्षभित्र रोल्पाका हरेक गाउँमा विद्युतीकरण हुने गरी काम भइरहेको चर्चा गरे । आफू मन्त्री हुनुअघि जिल्लामा विद्युतका ८ हजार ५ सय ग्राहक रहेकामा हाल २३ हजार पुगेको भन्दै उनले विद्युतको पर्याप्त उपलब्धता र संचरना विस्तारसँगै यही वर्ष ग्राहक संख्या ३० हजार पुग्ने बताए ।
कार्यक्रममा विद्युत प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरण जनताको घरमा बिजुली पुर्याउने मात्र नभई विद्युत सेवालाई थप गुणस्तरीय र भरपर्दो बनाउने काममा सक्रिय रहेको बताए । प्राधिकरण विद्युत उत्पादनका साथै वितरण प्रणालीको विस्तार र सुदृढीकरणमा विशेष योजनाका साथ लागिपरेको उनको भनाइ थियो ।
विद्युत अर्थतन्त्रको इन्जिन भएको चर्चा गर्दै शाक्यले लाकुरी सवस्टेशन चार्ज भएसँगै घरेलु र ठूला उद्योग सञ्चालन भई जिल्लामा आर्थिक गतिविधि बढ्ने उल्लेख गरे ।

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_WIGSgfQuyF_dhvxsajcxcgm25cd9nqzyaomv8xjs5hbfhlfnjw1sapzfhbumirxtzxwagon.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

प्रतिक्रिया