बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

सुन तोलामा पाँच हजारले बढ्‌यो

काठमाडौँ- अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ र विगत तीन दिनदेखि  स्थिर रहेको  पहेँलो धातुको मोल आज तोलामा रु पाँच हजारले वृद्धि भएको छ । चाँदी पनि तोलामा रु ५० ले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ८९ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु एक हजार ९९० मा कारोबार भइरहेको छ । 

अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३२१ डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।