राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ- राष्ट्रियसभा बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । आज बैठक दिउँसो १:१५ बजेबाट सुरू हुनेछ ।
आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यको कार्यभार तोकिएको सबन्धी पत्रको ब्योहोर जानकारी गराइनेछ ।
विधायन ब्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘पानी जहाज (सञ्चालन तथा ब्यवस्थापन) विधेयक, २०८१ सम्बन्धि समितिको प्रतिवेदन’ सभा समक्ष पेश गर्नेछन भने राष्ट्रिय सभाको सचिव डा. सुरेन्द्र अर्यालले ‘शहिद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालय विधेयक, २०८०’ का सबन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नेछन् ।
साथै, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डले ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

भ्रष्टाचार अन्त्यका लागि सुशासन अपरिहार्य : शेखर कोइराला

भूमि विधेयक कार्यकर्ता पाल्नेगरी आयोः राप्रपा सांसद कार्की

भूमि विधेयक फिर्ता लिन सरकारलाई माओवादीको आग्रह

अध्यादेशमा शासन चलाउने ठाउँमा नपुर्याउन संवैधानिक परिषद्सम्बन्धी विधेयक चाँड…

छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई

जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव

सरकारभन्दा व्यवस्थाको रक्षा माओवादीको प्राथमिकता : वर्षमान पुन

प्रतिक्रिया