बङ्गलादेशमा ‘स्टारलिङ्क’ इन्टरनेट सेवा सुरु

ढाका- एलन मस्कको स्वामित्वमा रहेको स्पेसएक्स कम्पनीद्वारा सञ्चालित उपग्रह इन्टरनेट सेवा ‘स्टारलिङ्क’ ले बङ्गलादेशमा आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ ।
स्टारलिङ्कले मङ्गलबार साँझ आफ्नो सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै, ‘स्टारलिङ्कको उच्च गतिको र न्यून विलम्ब भएको इन्टरनेट सेवा अब बङ्गलादेशमा उपलब्ध भएको’ उल्लेख गरेको छ ।
बङ्गलादेश सरकारका प्रमुख सल्लाहकारका विशेष सहायक फैज अहमद तैयबले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै, स्टारलिङ्कले बङ्गलादेशमा औपचारिक रूपमा सेवा सुरु गरिसकेको पुष्टि गरेका छन् ।
तैयबज्यूका अनुसार, यो सेवा परम्परागत सेवाहरूको तुलनामा केही महँगो भए तापनि गुणस्तरीय, स्थायी तथा उच्च गतिको इन्टरनेटको विकल्पका रूपमा उपयोगी हुने विश्वास गरिएको छ ।
यो सेवाले गैरसरकारी संस्था, स्वतन्त्र पेशाकर्मी, नवप्रवर्तनकर्ता तथा दुर्गम क्षेत्रका नागरिकहरूलाई वर्षभर अवरोधरहित इन्टरनेट सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ । (सिन्ह्वा)

४८ घण्टामा राहत नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जान सक्छ : राष्ट्र संघ
चीनद्वारा नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण

'जेलन्स्कीद्वारा रुसमाथि शान्ति वार्ता लम्ब्याउने आरोप'

युरोपेली संघद्वारा रुसमाथि नयाँ प्रतिबन्ध, युद्धविरामका लागि दबाव

गाजामा इजरायली आक्रमणले ९२ प्रतिशत घर ध्वस्त वा क्षतिग्रस्त
भारतमा कोभिड संक्रमित दुई बिरामीको मृत्यु

पोल्याण्डको राष्ट्रपति निर्वाचन दोस्रो चरणमा प्रवेश

प्रतिक्रिया