भ्रष्टाचार अन्त्यका लागि सुशासन अपरिहार्य : शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा विद्यमान बेथिति र निराशा अन्त्यका लागि सुशासन अपरिहार्य रहेको बताएका छन् ।
कांग्रेसको आर्थिक नीति तथा योजना विभागले आज यहाँ आयोजना गरेको ‘बदलिँदो विश्व परिवेशमा नेपालले अँगाल्नुपर्ने आर्थिक नीति संवाद’ गोष्ठीमा उनले भ्रष्टाचार नियन्त्रणका लागि सुशासन कायम गर्नुपर्ने उल्लेख गरे ।
नेता डा कोइरालाले दण्डहीनता अन्त्य गर्न र जनअपेक्षाअनुसार काम गर्न सरकारसँग दृढ इच्छाशक्ति हुनुपर्ने विचार व्यक्त गरे । “हामी सक्छौँ भन्ने सोच विकास गरेर अघि बढेमा मात्र मुलुकलाई समृद्ध बनाउन सकिन्छ । अब कुरा गरेर हुने स्थिथि छैन । त्यसैले दण्डहीनताको अन्त्य र सुशासन प्रवर्द्धन गर्ने गरी काम गरौँ”, उनले भने ।
कांग्रेस नेता एवं पूर्वमन्त्री डा मीनेन्द्र रिजालले मुलुकको समृद्धिका लागि सेवामा आधारित जनशक्ति विकास र सरकारी सेवा प्रवाह चुस्त बनाउनु आवश्यक रहेको बताए ।
नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले मुलुकभित्रै रोजगारी सिर्जना गर्न जमिनको वर्गाीकरण गरेर, जमिन बाँझो रहने समस्या हल गर्न आवश्यक रहेको धारणा राखे ।
कार्यक्रममा विभागका संयोजक डा गोविन्दराज पोख्रेल, पूर्वमुख्य सचिवहरू डा विमल कोइराला र वैकुण्ठ अर्याल, नेपाल सरकारका पूर्वसचिवहरूलगायतले भाग लिई आफ्ना धारणा व्यक्त गरेका थिए ।

भूमि विधेयक कार्यकर्ता पाल्नेगरी आयोः राप्रपा सांसद कार्की

भूमि विधेयक फिर्ता लिन सरकारलाई माओवादीको आग्रह

अध्यादेशमा शासन चलाउने ठाउँमा नपुर्याउन संवैधानिक परिषद्सम्बन्धी विधेयक चाँड…

छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई

जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव

सरकारभन्दा व्यवस्थाको रक्षा माओवादीको प्राथमिकता : वर्षमान पुन

भूमि विधेयक घरजग्गा व्यवसायीलाई महत्व दिनेगरी आयोः राजेन्द्र पाण्डे

प्रतिक्रिया