कर्णालीको राजधानीमै पिउने पानीको हाहाकार

सुर्खेत - कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पिउने पानीको संकट चुलिएको छ । राजधानीवासीलाई आधा घण्टाको बाटो हिडेर पिउने पानी बोक्नुपर्ने बाध्यता छ । त्यसका लागि पनि घण्टौँ लाइनमा बस्नुपर्छ । अहिले खानेपानीको हाहाकार नै भएको वीरेन्द्रनगर–३ कि कल्पना बिष्ट बताउँछिन् । उनका अनुसार यो समस्या अहिलेको मात्रै होइन । गर्मीयाम सुरुभएसँगै वर्सेनि यस्तो समस्या उनीहरुले झेल्दै आएका छन् । वीरेन्द्रनगर–५ का थमन न्यौपानेको गुनासो पनि उस्तै छ । उनी भन्छन्, ‘गर्मीयाम सुरु भयो कि धारमा पानी आउन छोड्छ । खानेपानीकै लागि घण्टौँ हिड्नुपर्ने बाध्यता छ ।’
सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटा पनि मागअनुसार पानी पुर्याउन नसकिएको स्वीकार गरे । उनकाअनुसार २ लाख बढी जनसंख्या रहेको विरेन्द्रनगरमा ३६ हजार घरधुरी छन् । दुई लाखलाई सहज खानेपानीको आपूर्ति गर्न करिब २७० लिटर प्रतिसेकेण्ड पानी आवश्यक पर्छ । तर, हाल प्रयोगमा ल्याइएका स्रोतहरूबाट जम्मा १५३ लिटर प्रतिसेकेण्ड मात्र पानी उपलब्ध भइरहेको छ । पानीको सहज आपूर्तिका लागि आफू लागि परेको उनले दाबी गरे ।
सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका इन्जिनियर बालाराम तिवारीका अनुसार हाल इत्राम, झुप्रा खाेला, खरी खोलाबाट पानी आइरहेको छ । पछिल्लो समय डुङदुरे खोलाबाट २० लिटर प्रतिसेकेण्ड गरी १५३ सेकेण्ड प्रतिलिटर पानी आइरहेको छ ।
दिर्घकालीन योजनाका लागि भेरी पम्पिङको योजना
खानेपानीको समस्यालाई दीर्घकालीनरूपमा समाधान गर्न भेरी पम्पिङ खानेपानी योजनाको पिपिआर जेठ महिनामा सम्पन्न भएको इन्जिनिएर बालाराम तिवारीले जानकारी दिए । करिब ७ अर्ब ५२ करोड लागतमा सम्पन्न हुने योजनाको टेण्डर यो आर्थिक वर्षमै गर्ने भनिए पनि हुन नसकेको उनको भनाइ छ । आगामी दसैंसम्म टेण्डरको प्रक्रिया सुरु हुने उनको विश्वास छ । उक्त आयोजना सम्पन्न भए करिब पाँच सय लिटर प्रतिसेकेण्ड पानी उपत्यकामा आउने छ । संघीय र प्रदेश सरकारको संयुक्त लागतमा बन्ने आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।
संघीय सरकारले इन्टेक, पम्प हाउस, पानी पोखरी र मुख्य प्रशारण लाइन बनाउनेछ भने प्रदेशले वितरण पाइप लाइनको लागि काम गर्ने भौतिक पुर्वाधार विकास मन्त्रालय अन्र्तगतको जलश्रोत तथा उर्जा विकास महाशाखाका सिनिएर डिभिजनल इन्जिनिएर (सिडिई) रमेश सुवेदीले बताए ।
सुर्खेत उपत्यकामा पानी झार्न विश्व बैंकले पनि सहयोग गर्ने (सिडिई) सुवेदीको भनाइ छ । ‘यसमा विश्व बैंकले पनि सहयोग गर्ने भनेको छ, ’ उनले भने, एक चरण छलफल पनि भइसकेको छ ।’

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

प्रतिक्रिया