ट्युवेलमा पानी खान जाँदा करेन्ट लागेर पुजारीको मृत्यु

सर्लाही- सर्लाही बलरा नगरपालिकास्थित एकजनाको घरमा पूजा गराउन गएका पुजारीको पानी खान जाँदा ट्युवेलमा करेन्ट लागेर मृत्यु भएको छ।
बलरा ५ महतो टोल बस्ने बिजय महतोको घरमा पुजा गराउन गएको गोडैता गाउँपालिका २ बस्ने बर्ष ७० को महादेव महतो (पुजारी)लाई मोटर जडान भएको ट्युवेलमा पानी खाने क्रममा मंगलबार दिउँसो पौने ३ बजे करेन्ट लागेको थियो।
करेन्ट लागी प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा ल्याई उपचार भइरहेको क्रममा डक्टरले चेक जाँच गर्दा सावा ३ बजेको समयमा मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
मृतक पुजारीको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा रहेको,प्रहरी चौकी अर्नाहाबाट असईको कमाण्डमा गएको टोलीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको सूचनामा उल्लेख गरिएको छ ।

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

मिथिलामा गुरु पूर्णिमा पर्व मनाइँदै

प्रतिक्रिया