जनताका सुझावलाई गम्भीरतापूर्वक लिएको छु : प्रचण्ड

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सुझाव र आलोचना गम्भीर रूपमा ग्रहण गर्दै पार्टीलाई अघि बढाइरहेको बताएका छन् ।
अध्यक्ष दाहाल नेतृत्वको मध्यपहाडी लोकमार्ग जनसंवाद अभियान टोलीले जाजरकोट सदरमुकाममा आज आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले पार्टीलाई जनतासँग जोड्ने अभियान चलाएको बताए । माओवादीले अघि सारेका विकास निर्माणका परियोजनाको अवस्थाको अनुगमन पनि अभियानको अर्को उद्देश्य भएको जानकारी उनले दिएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।
कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, पत्रकार, नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता थियो । जाजरकोटमा भेरी करिडोर, मध्यपहाडी लोकमार्ग, लुम्बिनी–रारा लोकमार्गजस्ता विकास आयोजना अघि बढेका, गाउँगाउँमा सडक पुगेको, तर नलगाड जलविद्युत् आयोजनाको काम अझै रोकिएको भन्दै त्यसलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको थियो ।
अध्यक्ष दाहालले जनताका सुझावलाई पार्टीले गम्भीरतापूर्वक लिएको बताए । जाजरकोट भूकम्पबाट प्रभावित भएकालाई यथोचित राहत सहयोग उपलब्ध गराउन उनले सरकारको ध्यानाकर्षण गरे । साथै उनले सङ्घीयताको मर्मअनुसार अधिकार प्रत्यायोजन हुन नसकेको जनगुनासोलाई सम्बोधन गर्दै सङ्घीयताको प्रभावकारिता बढाउन सरकारलाई आग्रह पनि गरे ।

यस्तो हुनेछ आज दिनभरको मौसम

उर्जामन्त्रीले भने, `२०३५ सम्म २८, ५०० मेगावाट विद्युत उत्पादन गर्छौं´

अझै बनेन दुई वर्षअघि भासिएको बिरिङको पुल

धुलिखेल–साँगा सडक खण्ड कालोपत्र सुरु

‘हिमालका विषय उजागर गर्न सफल भएका छौँ’ : सचिव राई

एकैपटक रक्सी छाडे निम्तिन सक्छन्, यस्ता समस्या

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षा

प्रतिक्रिया