मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

पोल्याण्डको राष्ट्रपति निर्वाचन दोस्रो चरणमा प्रवेश

काठमाडौँ- पोल्याण्डको राष्ट्रपति निर्वाचन दोस्रो चरणमा प्रवेश गरेको छ । पहिलो चरणमा कुनैपनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणमा प्रवेश गरेको हो ।

जुन १ मा नागरिक गठबन्धनका उम्मेदवार राफल ट्राजास्कोव्स्की र स्वतन्त्र उम्मेदवार कारोल नौरोकीबीच दोस्रो चरणमा मतदान हुनेछ । इप्सोसका एक्जिट पोलहरूले ट्राजास्कोव्स्कीले ३०.८ प्रतिशत मत प्राप्त गरेको देखाएको छ । जबकि नौरोकीले २९.१ प्रतिशत मत प्राप्त गरेका छन् । 

ट्राजास्कोव्स्की २०१८ देखि वार्साको मेयरको रूपमा सेवा गर्दै आएका छन् । इतिहासकार र पोल्याण्डको राष्ट्रिय स्मरण संस्थानका प्रमुख नौरोकी चुनावी राजनीतिमा नयाँ छन् । तर मतदानमा लगातार दोस्रो स्थानमा छन् । सिन्ह्वा