मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

पुटिनसँगको फोन वार्ता धेरै राम्रो भयोः ट्रम्प

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्ता धेरै राम्रो भएको बताएका छन् । पुटिनसँग साढे दुई घण्टा कुराकानी गरेको र कुराकानी सन्तोषजनक रहेको बताए । रूस र युक्रेनले तत्काल युद्धविरामका लागि वार्ता गर्ने उनको भनाइ छ । 

ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, इटालियन प्रधानमन्त्री जर्जिया मेलोनी, जर्मन चान्सलर फ्रेडरिक मर्ज र फिनिश राष्ट्रपति अलेक्ज्याण्डर स्टबसहित अन्य नेताहरूसँग कलको विवरण साझा गरे । सिन्ह्वा