नेपाली बजारमा थपियो राइड सेरिङ प्लाटफर्म याङ्गो

काठमाडौँ- नेपाली बजारमा फेरि एक राइड सेरिङ प्लाटफर्म थपिएको छ । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपले नेपाली बजारमा पनि राइड सेरिङ सेवा सुरु गरेको हो ।
उपाय, दोस्ती, ई ड्राइभ नेपाललगायत नेपाली कम्पनीसँग मिलेर याङ्गोले मंगलबारदेखि काठमाडौंमा परीक्षण राइड सेवा सेवा सुरु गरेको हो ।
नेपालमा यसअघि पठाओ र इन्ड्राइभलगायत दर्जन हाराहारी राइड सेरिङ कम्पनी छन् । नेपाली राइड सेरिङ बजारको धेरैजसो हिस्सा ओगटेका पठाओ र इन्ड्राइभ दुवै विदेशी कम्पनी हुन् । याङ्गो पनि दुबईमा आधारित विदेशी कम्पनी हो ।
याङ्गो राइडले यात्रुहरूलाई स्थानीय यातायात प्रदायकहरूसँग जोड्दै सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ । म्यापिङ, नेभिगेसन प्रणाली र स्मार्ट अर्डर वितरण एल्गोरिदमसहित प्रविधिहरू प्रयोग गरिएको एपले साझेदार चालकहरूलाई किफायती र यात्रुहरूको लागि सहज सेवा दिने याङ्गो राइडका प्रमुख व्यापार अधिकृत अदेनियी अदेबायोले बताए ।
याङ्गो राइडले स्थानीय साझेदार र यातायात प्रदायकलाई एपमार्फत् यात्रुलाई सेवाहरू प्रदान गर्ने छ । यसले साझेदारहरूलाई उनीहरूको सेवा सञ्चालनमा डिजिटलाइज गर्दै दक्षता अभिवृद्धि गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ ।
याङ्गो राइडले स्थानीय ट्याक्सी व्यवसायीका लागि पारदर्शिता, दक्षता र मूल्य बढाउन डिजिटल लेखा प्रणाली, फ्लिट व्यवस्थापनलगायत कार्यहरू गर्ने दोस्ती राइड स्थानीय यातायात कम्पनीका संस्थापक उद्यमी जेनिश श्रेष्ठले बताए ।
याङ्गो राइडले प्रयोगकर्ताले राखेको गन्तव्य ठेगानाको आधारमा प्रत्येक यात्राको अनुमानित लागत स्वचालित रूपमा गणना गर्ने र हालका लागि नगदमा मात्र भुक्तानी गर्न सकिने छ । भविष्यमा अनलाइन भुक्तानी प्रणाली पनि ल्याउने कम्पनीको योजना छ ।
राइड–हेलिङ सेवामा यात्रु वा चालकको सुरक्षा नै पहिलो प्राथमिकता भएको कम्पनीले जनाएको छ । यसका लागि कम्पनीले २० भन्दा बढी सेफ्टी फिचरसमेत ल्याएको छ ।
याङ्गो समूह एक अन्तर्राष्ट्रिय प्रविधि कम्पनी हो, जसले विश्वव्यापी रूपमा प्राप्त प्रविधिहरूलाई स्थानीय समुदायहरू अनुरूप दैनिक सेवाहरूमा रूपान्तरण गर्दछ । याङ्गो समूहले अफ्रिका, ल्याटिन अमेरिका, युरोप, मध्यपूर्व, दक्षिण एशियासहित ३० बढी देशमा गतिशीलता, डेलिभरी, फूडटेक, मनोरञ्जनलगायत डिजिटल सेवाहरू प्रदान गरिरहेको छ ।

नेपालको पहिलो टाइल्स कम्पनीले आफ्नो चौथौं वार्षिक साधारण सभा थाइल्यान्डमा गर्दै

एनसेलले ल्यायो 'बिज सधैं अन' मा मनसुन बिजनेस अफर

हाम्रो पात्रोले अस्ट्रेलियाको रेमिट्यान्स लाइसेन्स प्राप्त गर्यो

धादिङकी पार्वती बनिन् एनसेल करोडपति

बतास एमएडब्ल्यू कमर्सियल भेहिकललाई भोल्भो आइसरको “सर्वश्रेष्ठ वितरक-दक्षिण एसिया…

एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव प…

इनड्राइभले नेपालमा बाढी र पहिरोबाट पीडितहरूलाई घरहरू हस्तान्तरण गर्यो

प्रतिक्रिया