फेवाताल संरक्षणमा ध्यान दिने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणमा प्रदेश सरकारले विशेष ध्यान दिने बताएका छन् ।
पर्यटकीय राजधानी पोखराको गहना फेवातालको अस्तित्व बचाइ राख्ने दायित्व प्रदेश सरकार र पोखरा महानगरपालिको भएकाले आफ्नो ध्यान त्यसतर्फ केन्द्रित भएको उनको भनाइ छ । नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३ कास्कीको दोस्रो क्षेत्रीय सम्मेलनमा आज पोखरामा उनले फेवातालको मापदण्ड कायम गर्न सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयनमा ल्याउन सिमांकन सुरुवात भएको जानकारी दिए।
प्रजातन्त्रपछि धेरै काम भएपनि दलहरूले विकास गर्न सकेनन् भनेर भाष्य निर्माण गरी लोकतन्त्रलाई असफल बनाउन खोज्नेतर्फ सतर्क हुनुपर्नेमा उनको जोड छ । प्रदेश सरकारले सीमित स्रोतसाधनका बाबजुद पनि जनताको हितमा काम गरेको जिकिर गरे । उनले प्रदेशको बजेट ३२ अर्ब रहेको र त्यो मध्य १८ अर्ब तलबमा खर्च हुने भएकाले विकास निर्माणले गति लिन नसकेको भनाइ उनको थियो ।
संघ सरकारले प्रदेश सरकारलाई अधिकार नदिएकै कारण सोचे जति काम गर्न नसकिएको उनको आरोप छ । उनले प्रदेश र स्थानीय सरकार मात्र जनताको दैलोमा जान सक्ने बताए। “प्रजातन्त्रपछि विकासका काम धेरै भएका छन् तर हामी त्यसको समीक्षा गर्देनौ, विकास हुन नसकेको भनेर सरकारको आलोचना मात्र गर्छौँ,” उनले भने, “प्रजातन्त्र प्राप्तिपछि शिक्षा, स्वास्थ्य, आइटी, सडकलगायत क्षेत्रमा विकासले फड्को मारेको छ ।”
सो अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा स्थानीय नेताहरुले आफ्ना भनाइ राखेका थिए ।

‘जनतामा रहेको नैराश्यता चिर्न गठबन्धन’

‘आइटी’ क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न आवश्यक छ : सञ्चार मन्त्री गुरुङ

प्रधानमन्त्री पत्नि भन्छिन् : देश बनाउन निकै गाह्रो छ

राजनीति बुझेको छु तर राजनीतिमा आउँदिन, सबैमा स्पष्ट होस् : प्रथम महिला शाक्य

केही नेपाल ऐन संशोधन गर्ने विधेयक स्वीकृत

अपाङ्गमैत्री रङ्गशाला निर्माण गरिनेछ : खेलकुदमन्त्री चौधरी

सिंहदरबारमा मेलम्चीको पानी वितरण सुरु

प्रतिक्रिया