नारायणी नदीमा अधिकांश प्लास्टिकजन्य फोहोर

नारायणगढ (चितवन)- चितवनस्थित नारायणी नदीमा प्लास्टिकजन्य फोहोर अधिक मात्रामा भेटिएको छ । यहाँका विभिन्न सङ्घ संस्थाहरुले संयुक्त रुपमा ‘नदीसँगै हामी’ परियोजनाअन्तर्गत नारायणीको देवघाटधामदेखि गोलाघाटसम्मका आठ स्थानमा गरेको एक अध्ययनमा अन्य फोहोरको तुलनामा प्लास्टिकजन्य फोहर बढी भेटिएको हो ।
परियोजनाकी संयोजक आकृति सुवेदीका अनुसार प्लास्टिकजन्य फोहोरको हिस्सा ४२ दशमलव ५५ प्रतिशत छ । जसमध्ये देवघाट क्षेत्र प्लास्टिकबाट थप प्रभावित बनेको छ । देवघाटमा ७२.२४ प्रतिशत प्लास्टिकका फोहर देखिएको छ ।
त्यसैगरी नदीमा दोस्रोे र तेस्रो प्रदूषणका रुपमा १७.१४ प्रतिशत कपडाजन्य फोहार र सिसा १२.६२ प्रतिशत रहेका छभने जैविक फोहोर ७.८९ प्रतिशत देखिएको छ । सो क्षेत्रअन्तर्गत नदीको सबैभन्दा बढी फोहर नारायणगढको नगरवन क्षेत्रमा २२.७ प्रतिशत र कम फोहोर नारायणगढकै जोरकुसुम पार्कमा ८.६ प्रतिशत देखिएको छ ।
नदीको शिवघाट क्षेत्रमा १९.६ प्रतिशत नारायणगढको नदी किनार प्रदर्शनी क्षेत्रमा १७.२ प्रतिशत, गोलाघाटमा १६.५ प्रतिशत र देवघाट क्षेत्रमा १५.४ प्रतिशत फोहर फेला परेको अध्ययन टोलीको निष्कर्ष छ । अभियानका फोहोर लेखापरीक्षक इञ्जिनियर सागर कार्कीले डाइपर, औषधिजन्य फोहर र रासायनिक बस्तुहरुको व्यवस्थापनमा कमजोरी हुँदा नदीसम्म पुग्ने गरेको बताए । उनले देवघाटबाट बगाएका अधिकांश फोहर गोलाघाट क्षेत्रसम्म पुगेको हुँदा सबै स्थानमा फोहरको सही व्यवस्थापन आवश्यक रहेको बताए ।
बढ्दो सहरीकरण र अव्यवस्थित फोहरका कारण नदी सङ्कटमा परेकाले नदी किनाराका तीर्थस्थल, घाट क्षेत्र, पर्यटकीय क्षेत्रमा फोहर सङ्कलन गर्ने भाँडाहरु राख्नुपर्ने तथा ढल नदीमा मिसाउन नहुने जैविक फोहर व्यवस्थापनमा जोड दिनुपर्ने र कानुनलाई कडाइका साथ लागू गर्नुपर्ने उनको भनाइ छ ।
अभियानमा आबद्ध संस्था सहमतिको परियोजना संयोजक खेमराज खनालले नारायणी नदी प्रदूषणमा प्लास्टिक प्रमुख समस्याको रुपमा पहिचान गरिएको बताउनुभयो । नदीको भविष्यलाई बचाउन सरकारले नीति बनाएर नै लाग्नुपर्ने उहाँको भनाई छ ।. ‘नदीसँगै हामी’ अभियानमा चितवन र नवलपुरका १३ वटा संस्था आबद्ध छन् । ---

बालेनले प्रधानमन्त्री ओलीलाई भ्रष्ट्रचारीको नाइके भन्दै भनेः आइ डन्ट सपोर्ट योर क्…

प्राचीन स्मारक कसूर मुद्दाका फरार ५ बर्ष पछि पक्राउ

वाणिज्य विभागको अनुगमनप्रति नेसनल प्याब्सनको आपत्ति, शिक्षा क्षेत्रप्रति संवेदनशी…

१ सय ७२ किलो गाँजासहित मकवानपुरमा २ जना पक्राउ

अखेटोपहारसहित दुई जना पक्राउ
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना

जबरजस्ती करणी र जबरजस्ती चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

प्रतिक्रिया