मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

१ सय ७२ किलो गाँजासहित मकवानपुरमा २ जना पक्राउ

भीमफेदी गाउँपालिका–१ खोप्लाङखोलाबाट अवैध लागूऔषध गाँजा करिब १ सय ७२ किलोग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका–८ सिमपानी बस्ने २५ वर्षीय प्रदिप मोक्तान र मकवानपुरगढी गाउँपालिका–५ धादिङ बस्ने २५ वर्षीय समुद्र दाहाल रहेका छन् । 

प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले चुनियाबाट हेटौंडा बजारतर्फ जाँदै गरेको बा.३ च. ३४९६ नम्बरको कारलाई जाँच गर्ने क्रममा ४ वटा बोरामा लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी कार चालक प्रदिप र कारमा सवार समुद्रलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।