लुम्बिनीमा बजेटसम्बन्धि दुई वटा अध्यादेश जारी
बुटवल - लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सरकारको सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन् । प्रदेश सरकारको शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख यादवले अर्थ र विनियोजन अध्यादेश जारी गरेका हुन् ।
प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बैजनाथ चौधरीका अनुसार राजकाज नै नचल्ने गरि अवरोध आएपछि अध्यादेश मार्फत बजेट ल्याउनु परेको बताए । उनले आजैबाट प्रदेशभरी भैपरि आउने खर्च र उठाउनु पर्ने राजश्व नै अन्यौलमा पर्ने अवस्था आएपछि अध्यादेश ल्याउनु परेको बताए ।
प्रदेशसभामा बजेट पास हुने अवस्था नदेखेपछि बिहीबार मुख्यमन्त्री शंकर पोखरेलको अगुवाईमा सत्तापक्ष एमालेले प्रदेशसभा बैठक बहिष्कार गरेको थियो । बजेटका सम्बन्धमा छलफलका सबै प्रक्रिया पुरा गरेर मतदानको चरणमा प्रवेश गर्नु अघि प्रदेश सरकारका मन्त्रीहरु र सांसदहरुले बैठक छाडेर हिँडेपछि शुक्रबार १ बजे सम्मका लागि सभामुख पुर्ण घर्तीले बैठक सारेका थिए ।
बजेटका लाथि थप समय मागेको सत्तापक्षले छलफलमै नबसी मध्यराती चालु अधिवेशन अन्त्य गरेको छ भने बिहनै दुई वटा अध्यादेश लागू गरेको छ ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया