आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

लुम्बिनी प्रदेश सरकारले पनि अध्यादेशबाट बजेट ल्यायो

फाइल फोटो

बुटवल : लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ। शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले जानकारी दिए। 

यसबारे सरकारले दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर जानकारी गराउने उनले बताए । उनका अनुसार सरकारले सदनमा पेश गरेको बजेटलाई नै अध्यमदेशमार्फत जस्ताको त्यस्तै ल्याएको हो । 

यसअघि शनिबार राती कर्णाली प्रदेश सरकारले पनि अध्यादेशबाट बजेट ल्याएको थियो ।