नेपालगञ्ज-पोखरा चार्टर्ड उडान आइतबारदेखि

काठमाडौँ – नेपालगञ्ज-पोखरा चार्टर्ड उडान आइतबारदेखि फेरि सुरु हुने भएको छ । यसअघि गएको वर्ष चलिरहेको चार्टर्ड उडान कोभिडका कारण स्थगित भएको थियो । नाट्टा बाँके र नाट्टा कास्की च्याप्टरको समन्वयमा सुरु भएको उडान आइतबारदेखि फेरि सुरु हुन लागेको नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए ।
सातामा आइतबार र शुक्रबार गरी दुई दिन उडान हुनेछ । निषेधाज्ञा खुलेसँगै पोखरा घुम्न चाहने र पोखराबाट नेपालगञ्ज जान चाहने पर्यटकले एकतर्फी पाँच हजार रुपैयाँ भाडा तिरेर चार्टर्ड उडानको सेवा सुविधा लिन सक्ने नाट्टा बाँकेका अध्यक्ष सिग्देलले बताए ।
‘हामीले यसअघिदेखि नै चार्टर्ड उडान सुरु गरेका हौँ’ उनले भने, ‘कोभिडले बीचमा निषेधाज्ञा भएपछि रोकिएको थियो । अहिले अवस्था सामान्य हुन थालेपछि पर्यटक लक्षित चार्टर्ड उडान फेरि सुरु गर्न लागेका हौँ ।’
बुद्ध एयरसँग पनि नेपालगञ्ज–पोखरा सिधा उडान सुरु गर्नेबारे छलफल भइरहेको उनले बताए । यसअघि गएको चैत महिनामै बुद्ध एयरले नेपालगञ्ज–पोखरा उडान सुरु गर्ने तयारी गरेपनि कोभिडको दोस्रो लहरका कारण स्थगित गरेको थियो ।

ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना

शुक्लाफाँटा निकुञ्जमा सफारी बन्द

ढाक्मरका राताम्मे पहाड र गुफाले पर्यटक लोभ्याउँदै

किन सडक मार्गबाटै ल्याइयो हेलिकप्टर ?

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान

प्रतिक्रिया