उपेश नेपालीको मृत्यु नभइ हत्या हो : सांसद शाही

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सरकारले संविधान विपरितको काम गरिरहेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद शाहीले फरक बिचार राखेकै आधारमा दलका नेताहरुलाई जेल हाल्ने काम संविधानको धारा २७० विरुद्ध रहेको भन्दै अहिले सरकारले संविधान बिपरितको काम गरिरहेको आरोप लगाएका हुन् ।
राप्रपा युवा संगठनका अध्यक्षलाई सामाजिक सञ्जालमा फरक बिचार राखेकै भरमा जेल हाल्ने काम भएको उनले बताए। संसदको रोष्टमबाट प्रधानमन्त्री र गृहमन्त्रीले फरक बिचार राख्नेलाई जेल हाल्ने अभिव्यक्ति दिइरहेको भन्दै उनले नेपालको संविधानभन्दा प्रधानमन्त्री र गृहमन्त्री ठुलो हो भन्दै प्रश्न गरे ।
उनले संविधानको पालना गर्न नसक्ने व्यक्ति सरकारमा बस्नुको औचित्य नहुने उल्लेख गरे। त्यस्तै सांसद शाहीले काभ्रेमा विद्युतको पोलमा चढेर काम गर्दा करेन्ट ज्यान गुमाएका उपेश नेपालीको मृत्यु नभइ हत्या भएको भन्दै घटनाको छानविन गर्दै दोषीलाई कारवाही गर्न माग गरे।

समितिद्वारा बाल सहभागितासम्बन्धी कानुन कार्यान्वयनबारे अध्ययन

विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिले शिक्षा बुझायो प्रतिवेदन

‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित

मुलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरीः सञ्चारमन्त्री गुरुङ

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

प्रधानमन्त्रीसँग 'लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट

करोडौं पैसा उठाउन उपसभामुख हटाउने तयारी हुँदैछ : सांसद सिंह

प्रतिक्रिया