परराष्ट्रमन्त्री देउवासँग जापानका उपविदेशमन्त्रीको भेट

काठमाडौँ- परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग जापानका उपविदेशमन्त्री इकुइनो अकिकोले आज शिष्टाचार भेटवार्ता गरेकी छन् । त्यस अवसरमा मन्त्री डा राणाले उपमन्त्री अकिकोलाई सगरमाथा संवादमा सहभागी भएकामा धन्यवाद व्यक्त गरेकी छन् ।
साथै मन्त्री डा राणाले सिन्धुली बर्दिवास बाटोको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि सहयोग गरेकामा जापान सरकारलाई धन्यवाद ज्ञापन गरेको उनको निजी सचिवालयले जनाएको छ ।
गत वर्ष आएको अविरल वर्षाका कारण सो बाटोमा ठूलो क्षति पुगेको छ । जापान सरकारको अनुदानमा निर्मित सो बाटोको मर्मत तथा पुनर्निर्माणका लागि नेपाल सरकारले अनुरोध गरेपछि जापानले सहयोग गर्ने भएको हो ।
मन्त्री डा राणा र जापानी उपविदेशमन्त्रीबीच दुई देशको सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो मन्त्री डा राणाले नेपालको आर्थिक, सामाजिकलगायत क्षेत्रमा विगत लामो समयदेखि जापानले पुर्याउँदै आएको सहयोगका लागि पनि धन्यवाद ज्ञापन गरेका थिए ।
मन्त्री डा राणाले नेपालले अन्तरराष्ट्रिय मञ्चमा उठाउँदै आएको जलवायु न्यायका पक्षमा ऐक्यबद्धता जनताउन र सहयोगका लागि जापानसँग आग्रह पनि गरेकी छन् ।

जलवायुको असर हिमाली क्षेत्रमा धेरै, क्षतिपूर्तिका लागि विश्वको ध्यानाकषर्ण

डोटी पुगेर प्रचण्डले भने- जनबलमा सत्तामा पुग्यौँ

रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको आशंका छ : शेखर कोइराला

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डे सगरमाथा आधार शिविरमा

नेपालमा कुनै संकट छैन : प्रधानमन्त्री ओली

कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरीः अध्यक्ष नेपाल

गलत विचार लिएर धेरै तिर फर्किएकालाई वाम एकतामा ल्याउन सकिँदैन्ः प्रधानमन्त्री …

प्रतिक्रिया