इन्डोनेसियामा सेरेस थ्रीले जित्यो तीन वटा उत्कृष्ट ईभी अवार्ड

काठमाडौँ– सेरेस ब्रान्ड होल्ड गर्ने पीटी सोकोनइन्डो अटोमोबाइलले सन् २०२५ को पेरिकलिन्डो इलेक्ट्रिक भेहिकल शो (PEVS) मा आफूले हासिल गरेका गौरवपूर्ण उपलब्धिहरू सार्वजनिक गरेको छ।
अप्रिल २९ देखि सुरु भएर मे ४ मा सम्पन्न भएको इन्डोनेसियाको सबैभन्दा ठूलो ईभी प्रदर्शनी “ईभी ल्याण्ड एक्जिबिसन” मा सोकोनइन्डोले ‘सेरेस थ्री’का लागि फेवरेट कार लन्च, ‘सेरेस ईवान’का लागि मोस्ट अफोर्डेबल ईभी कार र ‘डीएफएसके गेलोरा ई’का लागि फेवरेट कमर्सियल भेहिकल गरी एकै पटकमा तीन वटा अवार्ड जित्न सफल भएको हो।
यस सफलताले कम्पनीको इन्डोनेसियामा ईभी इकोसिस्टम बलियो बनाउने प्रतिबद्धता प्रमाणित गरेको छ।
प्रदर्शनीमा विभिन्न ईभी मोडेलहरू प्रदर्शित गरिए पनि नयाँ जमानाका प्रोफेसनलहरूको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको ब्याट्रीमा आधारित एसयुभी (BEV) सेरेस थ्रीले विशेष ध्यान खिचेको थियो।
प्रि-बुकिङ प्रणाली मार्फत सेरेस थ्रीको अन ड रोड (OTR) बुकिंग मूल्य जाकार्ता क्षेत्र (Jabodetabek) भित्र Rp370 र 398 मिलियनको बीचमा उपलब्ध गराइएको थियो। प्रदर्शनी अवधिभर कुल ७८२ वटा गाडी बुकिङ (SPK) हुँदा सेरेस थ्री एक्लैले नै ३०५ युनिट बुकिङ प्राप्त गरेको थियो। यसले हाई-स्पेसिफिकेसन भएका ईभी गाडीहरूमा उपभोक्ताको ठूलो चासो रहेको स्पष्ट देखाउँछ।
सेरेस थ्री: रिमोट पावर्ड एसयुभी
५४ किलोवाट आवरको शक्तिशाली ब्याट्रीले सुसज्जित सेरेस थ्रीले ४१२ किलोमिटर (NEDC) दूरी तय गर्न सक्छ। गाडीको आधुनिक इन्टेरियर र लेटेस्ट सुरक्षा फिचरहरूका विशेषताहरूले सेरेस थ्रीलाई प्रोफेसनल मोबिलिटीको लागि आदर्श विकल्प बनाएको छ।
सेरेसका बारेमा
सिलिकन भ्यालीमा स्थापना भएको सेरेसले हाल ७० भन्दा बढी देशहरूमा आफ्नो उपस्थिति कायम गरिसकेको छ भने यूरोपमा प्रवेश गर्ने पहिलो चिनियाँ ईभी ब्रान्ड समेत बनिसकेको छ। अमेरिका, चीन, ईन्डोनेसिया, जर्मनी तथा जापानमा ६ वटा विशाल उत्पादन केन्द्र र ७ वटा अनुसन्धान तथा विकास केन्द्रहरू सञ्चालन गरिरहेको सेरेस ग्रुप चीनका नाफामा रहेका गाडी निर्माता कम्पनीहरूमध्ये एक हो। सन् २०२५ को पहिलो त्रैमासिकमा कम्पनीले १०० मिलियन डलरभन्दा बढी नाफा आर्जन गरेको छ। सन् २०२६ भित्र सेरेसले नेपालमा M7, M8 र M9 गरी तीन नयाँ ईभी मोडलहरू सार्वजनिक गर्ने योजना बनाएको छ।

२०२७ सम्ममा निसानले प्लान्टहरू बन्द गर्ने, २० हजार रोजगारी कटौती गर्ने

रिड्डारा आरडी सिक्स इभी पिकअपद्वारा नेपालमा एक्सचेन्ज योजना सार्वजनिक
_CpoRN34Zy7_smd1ss7xujbqreyejscevazyx5tvcayyd49lhnwxtxw64qbk9pwfmiedyijb_4AIApkdQ2r_qni4fbyko7xljcmoovsh2kehvqowoo5obnfdzzxvuyzlzcbtuiijjliwmdot.jpg)
चर्चामा हुवावेको आइटो एमएट : सार्वजनिक हुनुअघि नै १ लाख गाडी अर्डर

हुन्डाई नेपालद्वारा ईटहरी र विराटनगरमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया का…
_YhaacIz452_m0ddh3yoapm6y2xh18otsf1vioj0jf7z24nznpi4duefcqnhufbnvzfy3mqa_k10hs5YtBW_5zpxbqnucbe9bt6qxp01couozp3yoksjiewe3coqacuwycpgwkv7jpmfzswm.jpg)
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को बुकिङ खुल्ला

शीर्ष फोटोग्राफीहरू बजाज ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शन हुने
_SV1nQtqBgg_kgfbqjmx8kfuowoqclaogyulessyaoswbg4jlewsgexg9sdlnkezxwg57tfw_Y9g1mpe3qq_7j0zmgzx3irvf15mkrtowwojnuwz1lpshn3cjow9m8myqeuh5jzp89et3ag4.png)
ट्रायम्फ नेपालले गर्यो बुटवलमा आधिकारिक सोरुमको शुभारम्भ
_ThhoiRRTRv_l6jqczw4qtxkvxzyhjdtvc8kucvr3dfj45pjcruvcnlkple6nemujagxynlg_95p2v4PcpC_nwz0dhos0pvtybzwtvouz5v68kt3uunli22utukuevhpg3ua7wusjhqzof4k.jpg)
प्रतिक्रिया