दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ- वैदेशिक रोजगारीमा युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-३ बस्ने नुवाकोट म्यागङ गाउँपालिका-१ घर भएका ५४ वर्षीय न्याउरे तामाङ र काठमाडौं महानगरपालिका-३० बस्ने ताप्लेजुङ सिदिङ्वा गाउँपालिका-६ घर भएका ३५ वर्षीय जिवन कडरीया रहेका छन् ।
पक्राउ मध्ये न्याउरेले युएई पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ६९ हजार रूपैयाँ र जिवनले दक्षिण कोरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३ लाख २० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले न्याउरेलाई टोखा नगरपालिका-३ बाट र दिपकलाई काठमाडौं महानगरपालिका-२६ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

जिपले च्यापेर बालकको मृत्यु

मकरको रोकिएका काम सुचारु हुने, कुम्भले समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

दरबारमार्गमा चार तलामाथिबाट खसेर दुई मजदुरको मृत्यु

सेवाग्राही नआएपछि बिहानी सेवा बन्द

कटुवा पिस्तोल र दुई थान म्याग्जिनसहित दुई पक्राउ

लुटपाटमा संलग्न पाँच जना पक्राउ

प्रतिक्रिया