गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

सिरहा- गर्मीले पठनपाठन प्रभावित हुन थालेपछि सिरहाको लहान नगरपालिकाले सामुदायिक विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम लागु गरेको छ ।
कार्यक्रमअन्तर्गत पहिलो चरणमा आज नगरप्रमुख महेशप्रसाद चौधरीले विद्यालयका प्रधानाध्यापकलाई कक्षा कोठाको सङ्ख्याअनुसार तीन सय ३० थान ‘सिलिंग पङ्खा’ वितरण गरेका हुन् ।
नगरपालिकाले आफ्नो १५औँ नगर सभाबाट चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम तय गरेअनुसार विद्यालयलाई पङ्खा वितरण गरिएको नगरप्रमुख चौधरीले बताए । उनले भने, “चर्को गर्मीले विद्यार्थीको पठनपाठन प्रभावित भएपछि एक कक्षा, एक पङ्खा हुनुपर्ने उद्देश्य राखेर पङ्खा वितरण गरिएको हो । पङ्खा नपुगेका विद्यालयमा आवश्यकताअनुसार पुनः वितरण गर्ने छौँ ।”
लहान नगरपालिकामा ५९ वटा सामुदायिक विद्यालय छन् । तीमध्ये १७ माध्यमिक र ४२ वटा आधारभूत विद्यालय छन् । कक्षा कोठामा पङ्खा नहुँदा गर्मी मौसममा विद्यार्थीहरू पढाइ छाड्ने गरेका पाइएपछि नगरको उक्त कार्यक्रममार्फत पङ्खा वितरण गरिएको नगरको शिक्षा शाखाका कर्मचारी अमिरीप्रसाद यादवले बताए । उनले यो कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

सगरमाथा संवाद सुरु

बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँदै

प्रतिक्रिया