गीतकार शिवाकोटीको नयाँ गीत ‘के लाई हतार’ सार्वजनिक

गीतकार सुरेश शिवाकोटीको नयाँ गीत ‘के लाई हतार’ सार्वजनिक भएको छ। गायक गोविन्द मधुर आचार्य, सुष्मा बिसी र विन्दु विसीको सामुहिक स्वर रहेको लोक लयको यो गीतमा गोविन्दकै संगीत छ।
निरेन श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा गीतकार सुरेशसँगै गायक गोविन्दमधुर, मोडलहरु जुना गरूङ्ग, सञ्चिता बोलाखे, गोविन्द विवस,प्रेमराज लामिछाने र सन्देश थापा लगायतको अभिनय देख्न सकिन्छ।
सुरज भुषालको ब्याकग्राउन्ड स्कोर रहेको गीतको भिडियो चक्र बरालले खिचेका हुन् भने विष्णु खड्काले सम्पादन गरेका छन् । एरेन्ज, मिक्सिङ्ग र मास्टरिङ्ग एचवीएन किस्मतले स्टुडियो वनडिवी एचडीमा गरेका छन् ।
गीत र संगीतमा सधैं रुचि राख्ने शिवाकोटीको यो सांगीतिक कोशेली ‘के लाई हतार’ गोविन्द मधुर आचार्यको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ । टिपिकल शब्द चयन र भाषा छनोटमा पोख्त शिवाकोटीको गीत निकै मार्मिक भएको आँकलन गरिएको छ ।

पिके र थ्रि इडियटपछि हिरानी र आमिरबीच तेस्रो सहकार्य हुने

प्रथम नेपाल तारा युकेको सांगीतिक यात्रामा

शनिवार ह्ययात ग्राउण्डमा नोरा फतेहीले नेपाली दर्शक नचाउँने

‘महाभोज’ सहकारी पीडित जनताको कथा हो: दयाहाङ राई

अजय देवगनको छोराले गरे हलिउडवाट ‘डेब्यु’

भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

प्रतिक्रिया