राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कैलाली- हावाहुरीले ढलेको रूखले च्यापिएर आज कैलालीमा पूर्वक्याम्पस प्रमुख कर्ण भण्डारीको मृत्यु भएको छ। राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुख भण्डारीको रूखले च्यापिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुक्खडका प्रहरी नायब उपरीक्षक रमेश अवस्थीले जानकारी दिए।
उनका अनुसार बिहान करिब ९ बजेको हावाहुरीले घर नजिकै रहेको सालको रूख ढलेर चोट लाग्दा भण्डारी गम्भीर घाइते भएका थिए। टाउकोमा गहिरो चोट लागि गम्भीर भएका भण्डारीलाई उपचारका लागि घोडाघोडी अस्पताल सुक्खड पुर्याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा रिफर गरिएको थियो।
भण्डारीको उपचारका क्रममा १२:४० बजे मृत्यु भएको अवस्थीले जानकारी दिए।

जिपले च्यापेर बालकको मृत्यु

मकरको रोकिएका काम सुचारु हुने, कुम्भले समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

दरबारमार्गमा चार तलामाथिबाट खसेर दुई मजदुरको मृत्यु

सेवाग्राही नआएपछि बिहानी सेवा बन्द

कटुवा पिस्तोल र दुई थान म्याग्जिनसहित दुई पक्राउ

लुटपाटमा संलग्न पाँच जना पक्राउ

प्रतिक्रिया