केही दिनभित्रै गभर्नरको नियुक्ति हुन्छ : सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति केही दिनभित्रै हुने बताएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ३१ वैशाखको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले भने, 'सरकारले अब केही दिनमै गभर्नर नियुक्ति गर्छ ।'
गभर्नर नियुक्तिका लागि नामावली सिफारिस गर्न उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोजक, पूर्वगभर्नर महाप्रसाद अधिकारी सदस्य, आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानुनका क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरूमध्येबाट डा पोषराज पाण्डे सदस्य रहने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सञ्चारमन्त्री गुरुङले जानकारी दिए ।

बजेट व्यावहारिक र कार्यान्वयनमुखी हुनुपर्छ: सांसदहरु

माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल

चौधरीलाई मन्त्री बनाउन संसदीय दलको सिफारिस

मानसिक स्वास्थ्य समस्या गम्भीर चुनौतीका रूपमा देखियो: मन्त्री पौडेल

‘सगरमाथा संवाद’मा सोलुखुम्बुको थामेको आवाज सम्बोधन हुने : प्रधानमन्त्री ओली

दमक भ्युटावर शुल्क लिई सञ्चालन गर्न स्वीकृति

मानवीय जीवन र पृथ्वीको भविष्य जोगाउन मिलेर काम गर्नुपर्छः प्रधानमन्त्री ओली

प्रतिक्रिया