पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पर्छ ?

काठमाडाैं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले शुक्रबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएकाे हाे ।
यसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको हो ।
नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५७ रुपैयाँ र डिजेलको मूल्य १४२ रुपैयाँ कायम गरिएको छ । सुर्खेत र दाङमा पेट्रोल १५६ र डिजेल १४१ रुपैयाँमा उपलब्ध हुनेछ । अन्य स्थानहरूमा पेट्रोलको मूल्य १५४.५० रुपैयाँ र डिजेलको मूल्य १३९.५० रुपैयाँ तोकिएको छ ।
निगमले इन्डियन आयल कर्पोरेसनबाट बिहीबार प्राप्त मूल्य सूचीको आधारमा नयाँ मूल्य निर्धारण गरेको जनाएको छ । उक्त सूचीअनुसार पेट्रोलमा प्रतिलिटर १.०८ रुपैयाँ र डिजेलमा २.८० रुपैयाँको दरले मूल्य घटेको हो ।

सिडरगेट नेपालमा एमच्यामको मेम्बर लर्निङ सिरिज सम्पन्न

“महिला घरभित्र सीमित हुनु हुँदैन” ; माँ भाटभटेनी संस्थाद्वारा आयोजित तालिमल…

सुन तोलामा तीन हजार पाँच सयले घट्यो
_a6Z7zSqGwB_hmd3mh6t2ggihgo6fqy91tc0hkd8mxjswxhcfiekvvxpx3x07fprybau1y9a_4LnPtapeui_xfpl0lltij6jjyth9vekintkvrqkvukvj5sjz5pmv0nra9uswdolj7gytklj.jpg)
साढे २ अर्ब लगानीमा खुल्यो नेवारी आर्किटेक्चर र बिलासिताको मिश्रण 'आर्या होटल …

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई इप्पानको आग्रह

प्रतिक्रिया