शनिवार ह्ययात ग्राउण्डमा नोरा फतेहीले नेपाली दर्शक नचाउँने

चर्चित भारतीय अभिनेत्री तथा नृत्यांगना नोरा फतेहीले शनिबार बौद्धस्थित ह्ययात होटलको ग्राउण्डमा प्रस्तुती दिने भएकी छन् । जेठ ३ गते हुने कार्यक्रममा उनले नेपाली दर्शकलाई झुमाउने भएकी हुन् । उनको साथमा नेपाली कलाकारहरूले पनि प्रस्तुति दिने भएका छन्।
शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था 'ह्युमन रेस्पेक्ट नेपाल' को सहयोगार्थ बौद्धस्थित हायातको चौरमा यो कन्सर्ट हुन लागेको हो। आयोजक वर्ल्डवाइड फिल्मस् नेटवर्क प्रालिका अध्यक्ष देव मगरका अनुसार मनोरञ्जनमार्फत सामाजिक कार्यलाई सहयोग गर्ने उद्देश्यले यो कार्यक्रम लागिएको हो ।
नेपाली कलाकारहरूमा गायक दुर्गेश थापा, नृत्यांगना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र 'भ्वाइस अफ नेपाल' सिजन ६ का विजेता प्रोशेस पाण्डेसहित उत्कृष्ट ५ भित्र पर्न सफल प्रतिस्पर्धी इन्द्रकला राई, रोशन राई, अर्पणा आचार्य र प्रमेश राईले प्रस्तुति दिने छन् ।
कार्यक्रमका लागि भारतको मुम्बईबाट अभिनेत्री फतेहीसहित २० बढी नृत्यांगना प्रस्तुति दिन नेपाल आउने छन् । इभेन्टको मूल्य टिकट मूल्य २, ४, ७ र १६ हजार रूपैयाँको तय छ। अनलाइनमार्फत टिकट काट्न सकिने आयोजकले जनाएको छ।
कार्यक्रममा नोरा फतेही र दुर्गेशलाई 'दुश्मन हेरेको हेर्यै' गीतमा संगै स्टेज सेयर गराउने तयारी आयोजकको छ। अभिनेत्री फतेहीको 'दिलबर दिलबर', 'कुसु कुसु', 'ओ साकी साकी', 'नाच मेरी रानी', 'स्नेक डान्स' लगायतका गीत भारतसँगै नेपालमा पनि लोकप्रिय छन्।

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री, भेटपछि यसो भन्छिन् एलिना

गायिका एलिना चौहान साइबर ब्यूरोमा, भन्छिन्ः चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन

विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध

‘लालीबजार’ मा स्वस्तिमा

विनोद शाहीको डेब्यु अभिनय र निर्देशनमा 'अन्त नसरे' (भिडियो)

सात चलचित्र भवनमा ‘अञ्जिला’ ले पूरा गर्यो प्रदर्शनको एक सय दिन

प्रतिक्रिया