टेरामक्स प्रकरण : मोहन बस्नेत सांसद पदबाट निलम्बित

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा पूर्वसञ्चारमन्त्रीसमेत रहेका सांसद मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित भएका छन् ।
सिन्धुपाल्चोक-२ बाट निर्वाचित सांसद बस्नेतमाथि बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रक्रियामा भएको भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेसँगै निलम्बित भएका हुन् ।
भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसद पद निलम्बन हुने व्यवस्था छ ।
बस्नेतसहित अन्य १५ जनाविरूद्ध मुद्दा दायर गरेको हो । त्यस्तै ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रूपैयाँ बिगो मागदाबी गरिएको अख्तियारले जनाएको छ ।
मन्त्री पदमा रहेका बेला टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टमको खरिद कार्यमा मिलेमतो गरी भ्रष्टाचार गरेको दाबीसहित बस्नेतलगायतलाई मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए ।

बहुविवाहलाई छुट दिने कानुन बनाइँदैछ भन्ने भ्रम मात्रैः कानुनमन्त्री चौरसिया

सरकारले सुशासनको अनुभूति दिलाउन सकेनः डा. कोइराला

माओवादीलाई विभाजन गर्न षड्यन्त्र र जालझेल भइरहेको छः अध्यक्ष प्रचण्ड

अग्रज र सहिदका सङ्कल्प पूरा गर्न दृढताका साथ लाग्नुपर्छः प्रधानमन्त्री ओली

बालबालिकालाई संस्कारसहितको शिक्षा दिनुपर्छ : मुख्यमन्त्री कँडेल

देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्छ : महासचिव पोखरेल

राजनीतिप्रति युवाहरूको वितृष्णा बढ्यो, आकर्षणमा बदल्नु मुख्य चुनौती : शेखर को…

प्रतिक्रिया