टेरामक्स प्रकरण : कांग्रेस नेता मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रक्रियामा भएको भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
बस्नेतसहित अन्य १५ जनाविरूद्ध मुद्दा दायर गरेको हो । त्यस्तै ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रूपैयाँ बिगो मागदाबी गरिएको अख्तियारले जनाएको छ ।
मन्त्री पदमा रहेका बेला टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टमको खरिद कार्यमा मिलेमतो गरी भ्रष्टाचार गरेको दाबीसहित बस्नेतलगायतलाई मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए।

दमक भ्युटावर शुल्क लिई सञ्चालन गर्न स्वीकृति

मानवीय जीवन र पृथ्वीको भविष्य जोगाउन मिलेर काम गर्नुपर्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्रीले रुसी प्रतिनिधि मण्डलसँग भने, ‘नेपालीलाई अब रुसी सेनामा भर्ना न…

मनसुन सुरु हुनु अगावै सडक स्तरोन्नतिको व्यवस्था गराउन सांसदको माग

सुन्दरीजल क्षेत्रमा खानेपानी नदिएको भन्दै सांसदको आपत्ति

टेरामक्स प्रकरण : मोहन बस्नेतसहित मुद्दा दायर गरिएका अरू १६ जना को-को हुन् ?

प्रतिक्रिया