अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पढाई हुने

वीरगञ्ज (पर्सा)- अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरपालिका क्षेत्रका विद्यालयमा बिहान पठनपाठन प्रारम्भ भएको छ ।
वीरगञ्ज महानगरको निर्णयअनुसार आजदेखि महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा बिहानी सत्रमा पठनपाठन सुरु भएको हो । अर्को सूचना जारी नभएसम्म बिहान समयमा ६ बजेदेखि अध्यापन हुनेछ ।
महानगरपालिकाका अनुसार वीरगञ्ज नगर क्षेत्रमा ९२ सामुदायिक र १३८ वटा निजी विद्यालय छन् भने सामुदायिक विद्यालयतर्फ २१ माध्यमिक, १५ आधारभूत, ५५ वटा प्राथमिक विद्यालय र एउटा पूर्वप्राथमिक विद्यालय छ ।

२८ लाखसहित पर्साबाट तीन जना हुण्डी कारोबारी पक्राउ

माइलेज च्याम्पियन सकियो, चन्देश्वर सिंह विजयी

परेन पानी, भएन रोपाइँ

मधेस सरकारले मलखाद समयमै उपलब्ध गराउनुपर्छः कांग्रेस सभापति यादब

सिरहामा एक युवकको शव फेला, हत्याको आशंका

सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबारका भन्सार छलीका सामान बरामद

बारामा ४३ लाख राजश्व छलीको सामानसहित ट्रक बरामद

प्रतिक्रिया