माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

रौतहट- नेकपा एमालेका नेताहरूको पहलमा सिंगो गाउँवासी नै माओवादी पार्टी परित्याग गरी नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन्।
नेकपा एमाले गुजरा नगर कमिटीद्वारा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रम अन्तर्गत बुधबार गुजरा नगरपालिका-३ सिमरीस्थित काजीमान माझी माओवादी परित्याग गरि एमालेमा प्रवेश गरेका हुन् ।
माओवादी नेता माझीसँगै सिंगो सिमरी गाउँ नै माओवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज अजय गुप्ता केन्द्रीय सदस्य कुन्दन कुशवाहालगायतले नवप्रवेशीलाई माला र टीका लगाएर स्वागत गरेका थिए।
कार्यक्रममा भूमि आयोग केन्द्रीय सदस्य आरती भण्डारी, पूर्वराज्यमन्त्री प्रदेश सांसद केशव राय चौधरी, भूमि आयोग जिल्ला अध्यक्ष अखिलेश्वर चौधरी, जिल्ला कमिटी सदस्य एवम क्षेत्र ३ का क्षेत्रिय अध्यक्ष युवराज ज्ञवाली, मेयर प्रत्यासी शेख एक्रामुलसँगै एमालेका जिल्ला कमिटी पदादिकारी,नगर अध्यक्ष जयराम चौधरीलगायतको उपस्थिति रहेको थियो ।
माझी माओवादी सशस्त्र द्वन्द्वकाल देखि नै माओवादी पार्टीमा क्रियाशील रहँदै आएका थिए । माओवादी नेतृत्व जनचाहना अनुसार परिवर्तन हुन नसकेको कारण एमालेमा प्रवेश गरेको बताए । एमाले केन्द्रीय सदस्य तथा पूर्व प्रदेश सांसद कुन्दन कुशवाहा क्षेत्र ३ को पार्टी इन्चार्जको जिम्मेवारी पाएदेखि पार्टीको गतिविधि तथा सक्रियता बढेको छ । करिब ४०० जनसंख्या रहेको सिमरी गाउँका तीन सयको हाराहारीमा मानिसहरू एमालेमा प्रवेशको दाबी गरे ।

मधेसमा स्वास्थ्य बिमा गराउने साढे सात लाख बढी
लगातारको वर्षाले तराईका किसानमा रोपो जाग्ने आश

लहानमा ट्याङ्कीबाट खानेपानी वितरण सुरु

सिरहाका किसानको आशाः कमला र खुट्टीखोला नहर

मापदण्डविपरीत सञ्चालित उद्योगमा कारबाही

धारिलो हतियार प्रयोग गरी बालिकाको हत्या

अनलाइन नागरिकता सिफारिस प्रणालीले घट्यो सेवाग्राहीको चाप
_j0pHGa9OqC_z0sfjwqxuvlbjkopkitgu6vlfl7hptuivphdr9h0ovej1ikmzzv055zyfep3_EGbUl3Yakh_pmi6wawzfj5tll0oxjy4gidjmw8uosekehhrmsw1arakkayo39awspjv4uiy.jpg)
प्रतिक्रिया