चीनले पाकिस्तानी वैज्ञानिकलाई पनि अन्तरिक्षमा सँगै लैजाने

बेइजिङ- चीनले पाकिस्तानका दुई मध्ये एक वैज्ञानिकलाई साथमा अन्तरिक्षमा लैजाने भएको छ ।
चीनको मानव अन्तरिक्ष एजेन्सीले घोषणा गरे अनुसार पाकिस्तानका दुई अन्तरिक्ष यात्रीलाई चीनको अन्तरिक्ष स्टेशनमा संयुक्त मिसनमा भाग लिनको लागि अन्तरिक्ष उडान प्रशिक्षणको लागि छनोट गरिएको छ।
चीनको मानव अन्तरिक्ष एजेन्सी (सीएमएसए) लाई उद्धृत गर्दै सरकारी समाचार एजेन्सी सिन्ह्वाले दुई पाकिस्तानीमध्ये एक जनाले पेलोड विशेषज्ञको रूपमा संयुक्त अन्तरिक्ष अभियानमा भाग लिने मौका पाउने बताएको छ। सीएमएसए प्रवक्ताले उत्तर–पश्चिम चीनको जिउक्वानमा सञ्चारकर्मीसँग कुरा गर्दै यो जानकारी दिएका हुन् ।
गत फेब्रुअरीमा सीएमएसएले घोषणा गरेको थियो कि चीनले आफ्नो मित्र राष्ट्र पाकिस्तानबाट पहिलो विदेशी पाहुनाको रूपमा आफ्नो अन्तरिक्ष स्टेशनमा एक अन्तरिक्ष यात्री पठाउने योजना बनाएको छ ।
जुन हाल पृथ्वीबाट ४०० किलोमिटर माथिको कक्षमा घुमिरहेको छ ।

टेक्सासमा बाढी : १३ जनाको मृत्यु, उद्धार कार्य जारी

फ्रान्सका राष्ट्रपति म्याक्रोँले मङ्गलबार बेलायती संसदलाई सम्बोधन गर्ने

पाकिस्तानमा भवन भत्किँदा ६ जनाको मृत्यु, १० जना भग्नावशेषमा फसेको आशंका

ईरानको निर्णयले आणविक स्थायित्वमा असर, विश्व समुदाय गम्भीर

अफगान नागरिकहरूलाई फिर्ता पठाउने जर्मन योजनाप्रति संयुक्त राष्ट्रसंघको चिन्ता

इन्डोनेसियामा डुङ्गा डुब्दा ४ जनाको मृत्यु, ३८ बेपत्ता

रुसको कुर्स्क क्षेत्रमा नौसेना उपप्रमुखको मृत्यु

प्रतिक्रिया