पाकिस्तान र इरानबाट पाँच दिनमा १६ हजार अफगान शरणार्थी फर्किए

काबुल- अफगानिस्तानको उच्च आयोगले बुधबार जानकारी दिएको अनुसार, पछिल्लो पाँच दिनको अवधिमा पाकिस्तान तथा इरानबाट तीन हजार ४६५ अफगान परिवार अर्थात् १६ हजार ३७६ जना नागरिकहरू स्वदेश फर्किएका छन् ।
उनीहरू तोर्खाम (पूर्वी नङ्गरहार), स्पिन बोल्दाक (दक्षिणी कान्दहार), इस्लाम कला (पश्चिमी हेरात), अब्रिशम (पश्चिमी निमरोज), र बह्रमचा (दक्षिणी हेल्मन्ड) सीमास्तलहरू हुँदै अफगानिस्तानमा प्रवेश गरेका हुन् ।
फिर्ता भइआएका नागरिकहरूको अभिवादनस्वरूप आयोगले उनीहरूका लागि अस्थायी आश्रय, खानपान, सुरक्षित पिउने पानी, प्राथमिक स्वास्थ्य सेवा तथा उनीहरूको गृह प्रान्तसम्मको सुरक्षित यात्रा व्यवस्था गरिरहेको जनाएको छ ।
हाल अनुमानित ७० लाख अफगान नागरिकहरू विदेशमा शरणार्थीको रूपमा बसोबास गरिरहेका छन्, जसमा अधिकांश पाकिस्तान र इरानमा रहेका छन् । तीमध्ये धेरैजसो नागरिक बिना औपचारिक कागजात रहेका छन् ।
दुवै मित्रराष्ट्र—पाकिस्तान र इरान—ले यस्ता अवैध बसोबास गर्ने विदेशी नागरिकहरूलाई शिष्टपूर्वक स्वदेश फर्कन अनुरोध गर्दै आएका छन् । (सिन्ह्वा)

टेक्सासमा बाढी : १३ जनाको मृत्यु, उद्धार कार्य जारी

फ्रान्सका राष्ट्रपति म्याक्रोँले मङ्गलबार बेलायती संसदलाई सम्बोधन गर्ने

पाकिस्तानमा भवन भत्किँदा ६ जनाको मृत्यु, १० जना भग्नावशेषमा फसेको आशंका

ईरानको निर्णयले आणविक स्थायित्वमा असर, विश्व समुदाय गम्भीर

अफगान नागरिकहरूलाई फिर्ता पठाउने जर्मन योजनाप्रति संयुक्त राष्ट्रसंघको चिन्ता

इन्डोनेसियामा डुङ्गा डुब्दा ४ जनाको मृत्यु, ३८ बेपत्ता

रुसको कुर्स्क क्षेत्रमा नौसेना उपप्रमुखको मृत्यु

प्रतिक्रिया