उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली

वैशाख शुक्ल पूर्णिमासँगै किरात समुदायमा उभौली पर्वको रौनक सुरु भएको छ । उभौलीमा किरात समुदायले प्रकृतिको पूजागरी अन्नबाली राम्रो होस्, रोग व्याधी नलागोस् जस्ता कामना गर्ने गर्छन् ।
साथै एक महिनासम्म साकेला सिली नाच्ने गरिन्छ । यहाँका विभिन्न टोलटोलमा साकेला सिली सुरु भएको छ । आगामी जेठ १० गतेसम्म सिली प्रदर्शन गरिने किरात राई यायोक्खा भोजपुरका कार्यवाहक अध्यक्ष विदुर राईले जानकारी दिनुभयो । भाषा, संस्कार र संस्कृतिले आआफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने अध्यक्ष राईको भनाइ छ ।
किरात बस्तीहरू केही दिनयता ढोल, झ्याम्टाले गुञ्जायमान बनेका छन् । भोजपुरसँगै खोटाङ, उदयपुर, सुनसरी, ओखलढुङ्गा, धनकुटामालगायतका पहाडी जिल्लाहरुमा पनि उभौली धुमधामले मनाउने गरिन्छ ।
साकेला सिलीमा जातीय पहिचान झल्किने पहिरन लगाउने गरिन्छ । पुरुषहरुले कालो कोट, खाँडीको कपडा, अल्लोको धागोबाट बनेको दौरा–सुरुवाल, टोपी, पटुका, बिनायो, मुर्चुङ्गा, बुकिफूल, कम्मरमा खुकुरी, हातमा चौरीको पुच्छरलगायत सिन्कौलीको सेउली हल्लाउँदै, ढोल, झ्याम्टा बजाएर नाच्ने गर्छन् ।
त्यसैगरी महिला चौबन्दी चोलो, फरिया, पटुका, बिनायो, मुर्चुङ्गा, बुकिफूल र कम्मरमा हँसियासहित परम्परागत गरगहनाले सजिएर नाच्ने गर्दछन् ।
हिजोआज किरात समुदाय मात्र नभई अन्य समुदायका युवाहरुलेसमेत साकेलामा सहभागी भई नाच्न थालेका छन् ।

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

सेनाको ‘हायर कमाण्ड तथा म्यानेजमेन्ट’ तालिम सम्पन्न

कर्णाली विकास बैंक घोटाला प्रकरणमा पशुपति दयाल मिश्र पक्राउ

मङ्गलाका किसानलाई एक सय ८२ थान मिनिटेलर, मिल र थ्रेसर वितरण
असार १८ देखि २० गतेसम्म भारी वर्षाको सम्भावना

स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलद्वारा 'एसजीमुन ४.०' आयोजना गर्दै

प्रतिक्रिया