बुधबार ३१ बैशाख, २०८२
Wednesday, May 14, 2025

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौँ-  सर्वोच्च अदालतले अनुसन्धानको मिसिल र बन्दी रविन्द्र मिश्रसहित अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गर्दै शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रको तर्फबाट बन्दीप्रत्यक्षीकरण रिटमा मिश्रलाई इजलासमा उपस्थित गराउन आदेश गरेको हो ।  

गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजावदी समूहले हिंसात्मक गतिविधि गरेको भन्दै मिश्र सहित दुर्गा प्रसाईं लगायतलाई पक्राउ गरेको थियो । मिश्रमाथि प्रहरीले राज्यद्रोह, सङ्गठित अपराध, आपराधिक उपद्रव कसुरमा अनुसन्धान गरिरहेको छ ।