फ्रान्सेली पर्वतारोही हर्जोगले अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेको ७५ वर्ष पुगेको अवसरमा हिरक जयन्ती मनाउँदै

फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगले अन्नपूर्ण प्रथम (८०९१ मिटर) हिमाल आरोहण गरेको ७५ वर्ष पुगेको अवसरमा हिरक जयन्ती मनाउने तयारी गरिएको छ । यसै सिलसिलामा हिरक जयन्ती बारे फ्रान्सेली जनतालाई प्रत्यक्ष भेटघाट गरी सन्देश दिन र नेपाल भ्रमणको निमन्त्रणा गर्न दक्षिण फ्रान्सको पर्यटकीयस्थल डोनाजकमा गत मे १० तारिख (वैशाख २७ गते) अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रम मेयर क्यारोलिन ब्रुलार्डको उपस्थितीमा स्थानीयबासीहरुको उत्साहपूर्ण सहभागिताका साथ सम्पन्न भएको थियो । कार्यक्रममा लेखक मिलन मनुवा दाहाल र अभियन्ता नेत्र कार्कीले पावरप्वाइन्टमा सँयुक्त प्रस्तुति दिएका थिए ।
फ्रान्समा विगत २७ वर्ष देखि बस्दै आएका गैरआवासीय नेपाली भोजराज कटुवालले कार्यक्रमको सहजीकरण तथा भाषा अनुवाद गरेका थिए । पेरिस स्थित नेपाली राजदूतावासबाट राजदूत सुधीर भट्टराई समेत फोन संवाद मार्फत जोडिएका थिए ।
अन्नपूर्ण आरोहण हिरक जयन्ती महोत्सवको आयोजकमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ र अन्नपूर्ण गाउँपालिका, म्याग्दी रहेको छ । अन्नपूर्ण प्रथमको चुचुरो म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं. ४ मा पर्दछ । हालसालै वडा नं. ४, नारच्याङ्ग गाउँ देखि अन्नपूर्ण आधारशिविरसम्म पदयात्रा मार्गको विकास गरिएको छ ।
सो पदयात्रा मार्गलाई मौरिस हर्जोग मार्ग नामाकरण गर्ने, नारच्याङ्गमा मौरिस हर्जोगको शालिक अनावरण, म्याराथन दौड, साँस्कृतिक कार्यक्रम लगायत विविध गतिविधिहरु गरी नारच्याङ्गमा २०८२ जेठ २० गते (जून ३ तारिख) हिरक जयन्ती मनाइदैंछ । नारच्याङ्गका स्थानीय अगुवा तथा हिरक जयन्ती महोत्सवका संयोजक तेज गुरुङ्गले फ्रान्समा उक्त कार्यक्रम गरेकोमा खुशी प्रकट गर्दै धन्यवाद दिएका छन् ।
सन् १९५० जून ३ तारिखको दिन मौरिश हर्जोगले उनका सहयात्री लूइस लचनेल सहित अन्नपूर्ण प्रथमको सफल आरोहण गरेका थिए । त्यो समयमा आठ हजार मिटर भन्दा अग्लो हिमालको यो पहिलो आरोहण थियो । हिमाल चढे पछि मौरिस हर्जोगले अन्नपूर्ण भन्ने किताब लेखे ।
जुन विदेशमा नेपाल चिनाउने चर्चित किताब हो । मौरिस हर्जोगको सन २०१२ मा मृत्यु भैसकेकोछ । हर्जोगको परिवारका सदस्यहरु हिरक जयन्तीमा सहभागी हुन नेपाल आउँदैछन् ।

संघ, प्रदेश सरकारी निकाय र स्थानीय तहमा बेरुजु रकम ७ खर्ब बढी

सिद्धार्थ बैंकले सुरु गर्यो अनलाइन पेमेन्ट गेटवे सेवा, कार्ड मार्फत सहजै भुक्ता…

प्रधानमन्त्री कप भलिवल प्रतियोगितामा शिवम् सिमेन्ट ‘स्ट्रेन्थ पार्टनर’ को रूपमा सह…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल एयरलाइन्सका ट्वीनअटर विमान पुन: नियमित उडानमा

भरतपुरमा नयाँ क्रेटा इभी सार्वजनिक

सुनको मूल्य घट्यो

प्रतिक्रिया