अजय देवगनको छोराले गरे हलिउडवाट ‘डेब्यु’

हिन्दी सिनेमाका चर्चित अभिनेता अजय देवगनले आफ्नो करियरमा नयाँ कोसेढुङ्गा छुने भएका छन् । खासमा उनका छोरा युग देवगनले पनि नयाँ सुरुवात गरिरहेका छन् । खास कुरा के हो भने बाबु छोराको यो फरक र नयाँ सुरुवात सँगैसँगै भइरहेको छ । बुबाको पाइला पछ्याउँदै अब युगले पनि फिल्मी दुनियाँमा डेब्यु गर्दैछन् ।
अजय देवगन र युग देवगनले आगामी हलिउड फिल्म ‘कराटे किडः लेजेन्ड्स’ को हिन्दी संस्करणमा सँगै आवाज दिएका छन् । ज्याकी च्याङको आवाजमा अजय देवगन बनेका छन् भने ली फोङको क्यारेक्टरमा युगले स्वर दिएका छन् । युगको फिल्मी संसारमा यो पहिलो अनुभव हुनेछ । तर, अजयले पहिलो पटक अन्तर्राष्ट्रिय फिल्मका लागि आवाज दिएका हुन् ।
काजोल र अजय देवगनका छोरालाई फिल्मी दुनियाँको मन छ । उनी आफ्ना बुवाको आगामी फिल्म ‘सन अफ सरदार २’ को सुटिङका क्रममा पनि सेटमा देखिएका थिए । युगले अभिनयमा डेब्यु नगरेको हुन सक्छ तर अहिले उनी आफ्नो आवाजको जादु फैलाउन तयारी अवस्थामा छन् ।
सोनी पिक्चर्स इन्टरटेनमेन्ट इन्डियाले अजय देवगन र युग देवगनसँग मिलेर यो पहल गरेको हो । यसमार्फत अजय पहिलो पटक आफ्नो छोरासँग काम गर्दैछन् । यो तस्विर हिन्दी र अंग्रेजीका साथै तमिल र तेलुगुमा पनि रिलिज हुनेछ । ज्याकी च्यानको यो फिल्म मे ३० मा भारतमा रिलिज हुँदैछ ।

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री, भेटपछि यसो भन्छिन् एलिना

गायिका एलिना चौहान साइबर ब्यूरोमा, भन्छिन्ः चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन

विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध

‘लालीबजार’ मा स्वस्तिमा

विनोद शाहीको डेब्यु अभिनय र निर्देशनमा 'अन्त नसरे' (भिडियो)

सात चलचित्र भवनमा ‘अञ्जिला’ ले पूरा गर्यो प्रदर्शनको एक सय दिन

प्रतिक्रिया