नेपाल एयरलाइन्सका ट्वीनअटर विमान पुन: नियमित उडानमा

काठमाडौँ- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई ट्वीनअटर विमानहरू लामो समयपछि पुन: नियमित उडानमा आएका छन्। निगमका प्रवक्ता सुवास डाँगीका अनुसार कलसाइन नाइन एन–एबिटी र नाइन एन–एबीयु विमान पूर्ण रूपमा सञ्चालनमा आइसकेका हुन्।
विगत केही समयदेखि ग्राउण्डेड रहेका यी विमानहरू दुर्गम क्षेत्रका यात्रुहरूका लागि समस्याको कारण बनेका थिए। तर, नियामक निकाय तथा विमान निर्माता कम्पनीको मापदण्डअनुसार आवश्यक मर्मत सम्भार एवं नयाँ इञ्जिन प्रतिस्थापन गरेर यी विमानहरूले वैशाख २९ गतेदेखि नियमित उडान भर्न थालेका हुन्।
नेपाल एयरलाइन्सले दुर्गम क्षेत्रका नागरिकहरूलाई सुलभ, सुरक्षित, र भरपर्दो हवाई सेवा प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ। यात्रुहरूको सुविधा सुनिश्चित गर्दै उच्च स्तरको हवाई सेवा निरन्तर उपलब्ध गराउने निगमको प्रतिबद्धता जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
प्रवक्ता डाँगीका अनुसार नयाँ उडान तालिका अनुसार एक विमानले कम्तीमा चार उडान गर्ने योजना रहेको छ, जसले आन्तरिक हवाई यात्रालाई अझ व्यवस्थित तथा प्रभावकारी बनाउने लक्ष्य राखेको छ।
यस निर्णयसँगै नेपाल एयरलाइन्सको हवाई सेवाले दुर्गम क्षेत्रका यात्रुहरूको सहज यात्रा सुनिश्चित गर्ने विश्वास निगमले व्यक्त गरेको छ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

भरतपुरमा नयाँ क्रेटा इभी सार्वजनिक

सुनको मूल्य घट्यो

गाजा दहमा थपिए पर्यटकीय पूर्वाधार

विदेशबाट फर्किएर च्याउखेतीमा रमाउँदै अजित भुजेल

पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया