बुधबार ३२ असार, २०८२
Wednesday, July 16, 2025

हवाईमार्गबाट हुम्ला ल्याइयो तीस करोड रुपैयाँ

सिमकोट : हुम्लाका बैंकमा पैसाको अभाव भएका बेला हवाईमार्गबाट नोट ल्याइएको छ । सबै बैंकमा पैसाको अभाव भएपछि राष्ट्रिय बाणिज्य बैंकले माग अनुसार नेपालगञ्जबाट हवाई मार्गबाट नोट ल्याइएको हो ।

राष्ट्रिय बाणिज्य बैंककी प्रबन्धक सबिता शाहीले जिल्लाका अन्य बैंक र सेवाग्राहीलाई भुक्तानी दिन समस्या भएको बेला पैसा आई पुगेको बताईन । उनले हवाई मार्गबाट तीस करोड रुपियाँ हुम्ला ल्याइएको जानकारी दिइन् ।   

दैनिक धेरै र ठुला योजनाहरुको भुक्तानी दिनु परेपछि पैसाको अभाव हुन थालेको बेला मागअनुसार पैसा आईपुगेको हो । बैंकमा सिमित पैसा भएको बेला दैनिक सात करोडसम्म भुक्तानी हुने गरेको थियो । असार दोस्रो हप्तादेखि ३० गतेसम्म ४५ करोड बैंकले भुक्तानी दिएको जनाइएको छ । प्रबन्धक शाहीले अझै आधा जति भुक्तानी दिन बाँकी रहेको बताइन् ।