गभर्नरको विषयलाई सरकारले राजनीतिकरण गर्यो: वर्षमान पुन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले गभर्नरको विषयलाई सरकारले राजनीतिकरण गरेको आरोप लगाउनुभएको छ । संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले राजनीतिक दल वा राजनीतिज्ञले देश सञ्चालन गरिरहेको छ वा अरु कसैले भन्नेकुरा गभर्नर नियुक्तिसम्म आइपुग्दा प्रष्ट भएको बताउनु भयो । उहाँले नेपाल राष्ट्र बैंकको गभर्नर डेपुटि गभर्नरहरुबाट नै बनाउने प्रचलन भएपनि त्यसो नहुँदा मौद्रिक नीतिमा विज्ञ वा विज्ञता हासिल गरेका व्यक्तिलाई बनाउने विश्वव्यापी चलन भएको बताउनु भयो ।
उपमहासचिव पुनले अहिले कुनै स्वार्थ समूहले रुचाएको र उनीहरुको व्यापारिक स्वार्थ पूरा गर्ने खालको खोजिएकोले स्वार्थ समूहसँग डिएनए नमिलेसम्म गभर्नर नियुक्ति नहुने दाबी गर्नुभयो । उहाँले मौद्रिक नीतिमा, आर्थिक नीतिमा वा वित्तीय नीतिमा विज्ञता हासिल गरेका व्यक्ति गभर्नर बन्दा आपूmहरुको आपत्ति नहुने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘गर्भनरको विषयलाई राजनीतिकरण गरिएको छ । राजनीतिक दलहरुले देश सञ्चालन गरिरहेको छ या अरु कसैले भन्नेकुरा अहिलेसम्म आउँदा झन प्रष्ट हुँदै गएको छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचित भइसकेपछि शुभकामना तथा बधाई दिने क्रममा हाम्रो दल नेकपा माओवादी केन्द्रको तर्फबाट शुभकामना दिँदै प्रधानमन्त्रीज्यु के देश जननिर्वाचित भएर पार्टीमार्फत र राजनीतिज्ञले देश चलाउनुपर्ने होइन ? र तपाईको अगाडि चुनौति सेवनको अध्यक्ष कसलाई नियुक्ति गर्नुहुन्छ ? त्यतिमात्र हैन राष्ट्र बैंकको गभर्नरसम्मको नियुक्तिमा परीक्षा हुनेछ । देश कसले चलाएको छ ? राजनीतिज्ञले या विचौलियाले ? आज सबै तथ्य र व्यवहारले त्यो कुरा पुष्टि हुन्छ । कि चाहिँ गभर्नर राष्ट्र बैंकको डेपुटी गभर्नरहरुबाट बनाउने चलन छ । कि त्यस्तै प्रकारको मौद्रिक नीतिमा विज्ञ र विज्ञता हासिल गरेका व्यक्तिलाई बनाउने चलन परम्परा हो । तर, यहाँ पार्टीको कार्यकर्ता अझ अरु कुनै स्वार्थ समूहले रुचाएको उनीहरुको व्यापारिक स्वार्थ पूरा गर्ने खालको खोजिएको छ । स्वार्थ समूहसँग डिएनए नमिलेसम्म यो नियुक्ति हुनेवाला छैन । गभर्नर विदा हुनुभन्दा एक महिना अघि गर्नुपर्ने हो तर दुई महिना वित्दासमेत नियुक्ति हुन नसक्नु दुःखद् कुरा हो । कानुन उल्लंघन भएको छ । सरकार एकातिर स्वार्थ समूहले आफ्नो अनुकुलको खोजिरहेको छ । पार्टी कार्यकर्ता एकतातिर अर्कोतिर स्वार्थ समूहको भन्दा देशको अर्थतन्त्र र वैंक तथा वित्तीय संस्था कसरी चल्छ ? सरकारले यसमा वुद्धि पु¥याउनु पर्छ । मौद्रिक नीतिमा, आर्थिक नीतिमा या वित्तिय नीतिमा विज्ञता हासिल गरेका व्यक्ति चाहे त्यो कार्यकर्ता होस् वा सामान्य मतदाता या समर्थक जो भएपनि त्यसमा हाम्रो आपत्ति हुँदैन । तर, स्वार्थ समूहको स्वार्थमा नहोस्, राजनीतिक कार्यकर्ता नहोस्, गैर विज्ञ मान्छे नआओस् भन्नेतर्फ सरकारलाई सचेत गराउन चाहन्छु । यो गठबन्धन बन्दै गर्दा खुलेका फाइलहरु रोक्नका लागि, चलिरहेको सुशासन अभियान कमजोर पार्नका लागि । भ्रष्टाचार अनियमितता जस्ता कुराहरुलाई बढावा दिनका लागि बनाईको सरकार भनेका थियौं । हिजोसम्मको तथ्यहरुले नै भनिसक्यो अदालतले पक्राउ पूर्जी जारी गरेको छ । त्यस्ता व्यक्तिहरु प्रधानमन्त्रीसँग एउटै मञ्चमा बस्छन् । यो आश्चर्यको विषय भन्दा पनि यो निरन्तरताको विषय हो ।’
उहाँले गभर्नर नियुक्ति स्वार्थ समूहको स्वार्थमा नहोस्, राजनीतिक कार्यकर्ता नहोस्, गैर विज्ञ मान्छे नआओस् भन्नेतर्फ सरकारलाई सचेत गराउनु भयो । —न्युज एजेन्सी नेपाल

नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण, सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन…

कृषिउपजको उचित मूल्य र बजार पाउनुपर्नेमा जोड

‘विकाससँग सांसद जोडिनुपर्छ’

नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री लेखक

रवीन्द्र मिश्र र प्रसाईलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

औषधि लिमिटेडको औषधि तीन तहमै उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयद्वारा सहजीकरण समि…

प्रतिक्रिया