मंगलबार ३० बैशाख, २०८२
Tuesday, May 13, 2025

संविधान र व्यवस्था विरोधी गतिविधि सह्यय हुँदैनः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले संविधान र व्यवस्था विरोधी कुनै पनि गतिविधि सह्य नहुने बताएका छन् ।

मंगलबार बिराटनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री लेखकले कुनैपनि वादका नाममा संविधान र गणतन्त्र विरोधी गतिविधिलाई स्वीकार्न नसकिने उल्लेख गर्दै त्यस्ता गतिविधि गर्ने जोकोहिलाई कानूनी दायरामा ल्याइने बताएका हुन् ।

उनले जनताको बलिदानबाट स्थापित भएको गणतन्त्र र संविधानका विरोधमा कोही गएमा त्यसलाई जनस्तरबाट र सरकारबाट पनि निरुत्साहित गरिने स्पष्ट पारे ।

सदनमा पुगेका सवै बिधेयकहरुलाई टुङ्गोमा पुराउन लागिएको जानकारी दिदै गृहमन्त्री लेखकले मुलुकमा भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्नेबाटोमा अघि बढेको बताए । 

त्यस्तै उनले गठबन्धन सरकार बनेपछि मुलुकले राजनीतिक स्थिरता पाएको उल्लेख गर्दै अहिले प्रधानन्त्रीले सदनमा विश्वसको मत लिन जानु नपरेको बताए । वर्तमान सरकार पुरै अवधि टिक्ने भएकाले आशंका गर्नुपर्ने कुनै ठाँउ नरहेको उनको भनाइ छ । 


((