ओलीले शुक्रबार बिहान बोलाए स्थायी समिति बैठक
काठमाडौँ : एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बिहान स्थायी समिति बैठक बोलाएका छन् । बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा स्थायी समिति बैठक बोलाइएको हो ।
अध्यक्ष ओलीको निर्देशनमा महासचिव ईश्वर पोखरेलले स्थायी समिति बैठक बोलाएका हुन् । बैठकको तयारी गर्न महासचिव पोखरेल समाचार तयार पार्ने बेलासम्म ओली निवास बालकोटमै थिए ।
सरकारबाट बाहिरिएपछि पहिलो पटक एमालेको स्थायी समिति बैठक बस्न लागेको हो । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई पनि बोलाइएको छ । थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय साँघुरो भएकाले च्यासलमा बैठक बोलाइएको एमालेले जनाएको छ ।
यसअघि दश बुँदे सम्झौता अनुमोदन गर्न असार २८ गते बोलाइएको बैठक नेताहरूको सल्लाहमा स्थगित भएको थियो । स्थायी समिति बैठकपछि तीन बजे नयाँ वानेश्वरस्थित लोत्से हलमा बोलाइएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया