सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

यारी भन्सार कार्यालयद्वारा सात लाख राजस्व संकलन

हुम्ला - यहाँको उत्तरी हिल्सामा स्थापना भएको यारी नाका भन्सार कार्यालयले रु. सात लाख ५५ हजार राजस्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०८१/२०८२ सकिन अझै दुई महिना बाँकी हुँदा रु. सात लाख रुपैयाँ राजस्व संकलन गरेको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताए । कार्यालयको यो आर्थिक वर्षमा रु. ८३ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेको भए पनि हालसम्म रु. सात लाख संकलन भइसकेको प्रमुख जैसीले बताए । स्थायी कर्मचारी आफू एकजना मात्रै भए पनि कार्यालयको लक्ष्यभन्दा बढी राजस्व संकलन भएको उनको भनाइ छ ।

छिमेकी मुलुक चीनबाट आयातित हुने जुत्ताबाट सबैभन्दा बढी राजस्व संकलन भएको छ । हिल्सा नाका नभएर  नेपाल आयात हुने जुत्ता, पिजी, ब्लांकेट, जुस, चकलेट, सिमेन्ट, सरियालगायतका सामानबाट राजस्व संकलन गरिएको भन्सार कार्यालय प्रमुख जैसीले बताए । चालु आर्थिक वर्षभित्र अझै राजस्व थप हुने अनुमान गरिएको छ ।