सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

इजरायल द्वन्द्वको असर : गाजामा गम्भीर जल संकट, दैनिक पाँच लिटरभन्दा कम पानी पाउँदै नागरिक

रामल्लाह- प्यालेस्टाइनी जल प्राधिकरणले गाजा क्षेत्रमा गम्भीर जल संकट उत्पन्न भएको भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ। इजरायलसँग जारी द्वन्द्वका कारण गाजाको खानेपानी र सरसफाइ सम्बन्धी सेवा लगभग पूर्ण रूपमा बन्द भइसकेको प्राधिकरणको भनाइ छ।

प्राधिकरणले इजरायली सैनिक कारबाही, संरचना ध्वस्त, विद्युत् आपूर्ति अवरुद्ध, इन्धन र अत्यावश्यक सामग्रीमा रोक लगाइएका कारण पानी आपूर्ति ठप्प भएको जनाएको छ । अहिले गाजावासीले प्रतिदिन औसतमा केवल ३ देखि ५ लिटर पानी मात्र पाउँदै आएका छन्, जुन स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डअनुसार न्यूनतम १५ लिटर हुनु पर्ने हो।

सफा पानी नपाउँदा र ढल फाल्ने व्यवस्था विफल हुँदा गम्भीर रोगहरू फैलने खतरा रहेको प्राधिकरणले चेतावनी दिएको छ। स्थानीय बासिन्दाहरू पिउन नमिल्ने नुनिलो पानी प्रयोग गर्न बाध्य भएका छन्।

प्राधिकरणले इजरायललाई मानव अधिकारको उल्लंघन गरेको आरोप लगाउँदै तत्काल सैनिक आक्रमण रोक्न, नाकाबन्दी अन्त्य गर्न र पानी आपूर्ति सेवामा संलग्न कामदारहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ।

यता, गाजा क्षेत्रको प्रशासनले इजरायलमाथि दुई लाखभन्दा बढी जनसंख्यालाई योजनाबद्ध रूपमा पीडा दिएको आरोप लगाउँदै ७० दिनदेखि नाकाबन्दी जारी राखेर करिब ३९ हजार सहायता सामग्री बोकेका गाडीहरूलाई प्रवेश गर्न नदिएको जनाएको छ।

गाजा प्रवेश मार्गहरू गत मार्च २ गतेदेखि बन्द छन्। हमाससँग भएको युद्धविरामको पहिलो चरण सकिएपछि दोस्रो चरण अझै कार्यान्वयनमा आइसकेको छैन। (सिन्ह्वा)

ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने

ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने

अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर, आज सार्वजनिक गरिने

अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर, आज सार्वजनिक गरिने

बंगलादेशमा सडक दुर्घटनामा परी एकै महिनामा ५८८ को मृत्यु

बंगलादेशमा सडक दुर्घटनामा परी एकै महिनामा ५८८ को मृत्यु

युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ताका लागि तयार : जेलेन्स्की

युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ताका लागि तयार : जेलेन्स्की

युक्रेनबाट कुर्स्क क्षेत्र मुक्त गर्न उत्तर कोरियाली सैनिकको ठूलो हात छ : पुटिन

युक्रेनबाट कुर्स्क क्षेत्र मुक्त गर्न उत्तर कोरियाली सैनिकको ठूलो हात छ : पुटिन

इजरायलमा प्रदर्शन जारी, प्रदर्शनकारीले भने- ‘इजरायलको शत्रु हमास होइन, नेतान्याहु हुन्’

इजरायलमा प्रदर्शन जारी, प्रदर्शनकारीले भने- ‘इजरायलको शत्रु हमास होइन, नेतान्य…

भारतको डटेर सामाना गरेको भन्दै पाकिस्तानी प्रधानमन्त्रीद्धारा यूम ए ताशाकुरको घोषणा

भारतको डटेर सामाना गरेको भन्दै पाकिस्तानी प्रधानमन्त्रीद्धारा यूम ए ताशाकुरको …

क्यानडाको श्रम बजारमा सुस्तता, बेरोजगारी दरमा निरन्तर वृद्धि

क्यानडाको श्रम बजारमा सुस्तता, बेरोजगारी दरमा निरन्तर वृद्धि