नेतृत्व नसच्चिए देश दुर्घटना नजिक : गोपीबहादुर सार्की

काठमाडौँ- राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की आछामीले विगतका सरकारले निरन्तरता दिएको दलितसँग सम्बन्धित कतिपय विषय सरकारको नीति तथा कार्यक्रमबाट हटाइएकोमा असन्तुष्टि जनाएका छन् ।
आइतवार राष्ट्रिय सभा बैठकमा सरकारको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै उनले असन्तुष्टि व्यक्त गरेका हुन् । उनले शक्तिशाली र अधिकार सम्पन्न दलित प्राधिकरण गठन गर्ने दलितसँग सम्बन्धित विषयको बँदा नम्बर २१३ हटाउनु गलत भएको बताए ।
उनले सबैतिर आर्थिक समस्या भइरहेको समयमा दलितहरुको परम्परागत सिप र अनुभवलाई संस्थागत गरी पूँजी बजारमा जोड्न सकिने विषय हटाउनु दुःखद् भएको बताए ।
उनले वैदेशिक रोजगारबाट फर्किएका युवाको सिप, ज्ञान र पुँजी सदुपयोग गरी स्वदेशमा पूँजी निर्माणका बारेमा नीति तथा कार्यक्रममा केही उल्लेख नभएको बरु विगतका सरकारले ल्याएको कार्यक्रम हटाएको आरोप लगाउनु भयो ।
उनले भने, ‘सरकारले ल्याएको नीति तथा कार्यक्रमको बारेमा टिकाटिप्पणी गर्ने क्रममा सत्तापक्षका सांसदहरुले हुबहु ठिक छ भन्नुभएको छ, देशको परिस्थितिलाई मध्य नजर गरेर आएको छ भन्नुभएको छ । र हामी प्रतिपक्षीहरुले कर्मकाण्डीय भनिरहेका छौँ । मलाई के लाग्छ भने विगतका सरकारले गरेका कतिपय राम्रा अभ्यासहरु बजेट तथा नीति कार्यक्रम बन्नु भन्दा अगाडि सदनमा छलफल गर्ने सबै माननीयहरुको धारणा बुझ्ने र त्यसलाई संलेशिति र सैद्धान्तिक गर्ने र पूर्ण बनाएर जाने अभ्यास गरेको थियो त्यो अभ्यास अहिले हटाइएको छ त्यो अभ्यासमा हामी छैनौँ । र विगतका सरकारले मजदुर किसानका विषयमा दलित महिला जनजातीलगायतका विषयमा ल्याएका विषयहरुलाई पनि कटाइएको छ । विषेश गरेर दलितको विषय बुँदा नम्बर २१३ मा थियो शक्तिशाली र अधिकार सम्पन्न प्राधिकरण गठन गर्ने र दलितहरुको सीप ज्ञान र परम्परागत खालका अनुभवहरुसहितलाई संस्थागत गरी पुँजीबजारमा जोड्ने भन्ने विषय यहाँ हटाइएको छ । युवा लक्षित विशेष गरी वैदेशिक रोजगारमा गएका युवाहरुको श्रम, सिप, ज्ञान र पूँजीको सदुपयोग गर्ने र नेपालमै पुँजी निर्माणको वातावरण बनाउने हिसाबले विगतका सरकारले ल्याएको केही प्रावधानहरु थिए त्यो पनि हटाइएको छ ।’
राष्ट्रिय सभा सदस्य सार्कीले सरकारको नेतृत्वप्रति जनताले हेर्न दृष्टिकोण नकारात्मक रहेको भन्दै नसच्याउने हो भने देश दुर्घटनाको नजिक भएको बताए । देशमा आउनसक्ने सम्भावित जटिल परिस्थितिबाट बचाउन सबै राजनीति दलहरुले छलफल गरी समझदारी कायम गर्नुपर्ने उनको भनाइ छ ।

लुम्बिनीलाई बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थलको रुपमा परिचित गराउन जरुरी छ :…

बुद्ध मार्ग अनुसरण गर्न सक्नु नै स्थायी शान्तिको प्रमुख आधार हो: सभामुख घिमिरे

गौतमबुद्धको प्रकृतिप्रेमी दृष्टिकोणले वातावरण संरक्षणमा योगदान पुग्नेः उपराष्ट्र…

जनताको पक्षमा हुनेगरी संविधान संशोधन गर्न आवश्यक छ : प्रचण्ड

कमजोर अर्थतन्त्रलाई सुदृढ बनाउन सबै एकजुट हुनुपर्छ : नेता सिटौला

प्रधानमन्त्रीलाई प्रेम सुवालको प्रश्नः ‘जनताको बहुदलीय जनवाद’ पुँजीवादी सरकारम…

प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित

प्रतिक्रिया