यी हुन् सरकारले तत्कालै पारित गर्न खोजेका ६ विधेयक
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले जारी संसद अधिवेशनबाट ६ विधेयक पारित गर्न अनुरोध गरेका छन् ।
आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले ६ विधेयक पारित गर्न अनुरोध गरेका हुन् ।
‘हाम्रा नीतिहरु कार्यान्वयनका लागि निम्न ऐनहरु अत्यावश्यक छन्, म यस सम्मानित सदनसँग विचाराधीन विधेयकहरू शीघ्र पारित गर्न पनि विनम्र अनुरोध गर्न चाहन्छु,’ प्रधानमन्त्री ओलीले भने ।
उनका अनुसार यी हुन ६ विधेयक जो यसै अधिवेशनबाट पारित गराउन सरकारले खोजिरहेको छ ।
- वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक
- संघीय निजामती सेवासम्बन्धी विधेयक
- नेपाल प्रहरीसम्बन्धी र सशस्त्र प्रहरी वल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेका विधेयक
- विद्यालय शिक्षा विधेयक
- नेपाल हवाइ सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक
- नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक

साझा मुद्दामा राजनीतिक दल एक हुुनुको विकल्प छैनः नेता सिटौला

निर्वाचन आयोगको राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधिमा एमालेको पनि असहमति

सरकारले नै शिक्षा विधेयक अड्कायोः अध्यक्ष दाहाल

कर्णाली प्रदेशमा कांग्रेसको भूमिकाप्रति एमाले असन्तुष्ट

राप्रपा अध्यक्ष लिङ्देन गुट भेलालाई तीव्रता दिँदै

संसदीय समितिमा विद्यालय शिक्षा विधेयकबारेमा छलफल हुने

तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल

प्रतिक्रिया