आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

हुन्डाई नेपालद्वारा ईटहरी र विराटनगरमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम आयोजना

काठमाडौँ- नेपालमा हुन्डाई गाडीको एक मात्र आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले  ईटहरी र विराटनगरमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम सफलताका साथ आयोजना गरेको छ।

भरपर्दो सेवा, गुणस्तरीय गाडी र देशभर फैलिएको राम्रो नेटवर्कका कारण हुन्डाई नेपाल ग्राहकहरू बीच अत्यन्त लोकप्रिय ब्रान्ड बनिसकेको छ। उत्कृष्ट मूल्य र ग्राहक सन्तुष्टिमा सधैँ ध्यान दिने हुन्डाई नेपाल आजको दिनमा सबैभन्दा सफल अटो ब्रान्डहरु मध्ये एक हो।

कम्पनीको अनुसार नयाँ क्रेटा EV (इलेक्ट्रिक गाडी) को सुरुवातले ग्राहकहरूलाई विद्युतीय गाडी लिने वा नलिने भन्ने दुविधाबाट बाहिर ल्याउन ठूलो सहयोग गरेको छ। धेरै मानिसलाई EV लिँदा स्पेयर पार्ट्स पाइन्छ कि पाइँदैन, सेवा शुल्क कति महँगो हुने र लामो समयसम्म ब्रान्डको सपोर्ट रहन्छ कि रहँदैन भन्ने चिन्ता हुन्छ।

तर हुन्डाईले नेपालमा क्रेटा आइसको निर्माण सुरु गरिसकेको र यसको पेट्रोल गाडी र EV दुवै मोडलमा एउटै प्लेटफर्मको प्रयोग भएकोले अब यस्तो चिन्ता गर्नु पर्दैन। हुन्डाईका ग्राहकहरुले EV होस् वा पेट्रोल गाडी, सेवा, पार्ट्स र सपोर्ट समान रुपमा पाउनेछन् ।

यही सन्देश देशभर फैलाउन हुन्डाईको उच्च व्यवस्थापन टोली देशभरका डिलरहरूमा आफैँ पुगिरहेको छ। यसै अभियान अन्तर्गत कम्पनीले २०८२ वैशाख २६ गते (९ मे २०२५) मा ईटहरी र विराटनगरको हुन्डाई नेपाल ईस्टर्न प्रा.लि. (हुन्डाईको आधिकारिक डिलर) मा विशेष भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।

यस कार्यक्रममा हुन्डाईका नयाँ गाडीहरू, विशेष गरी क्रेटा EV सार्वजनिक गरिएको छ। यसका साथै त्यहाँ उपस्थित व्यक्तिहरुले हुन्डाईको टिम सँग प्रत्यक्ष कुराकानी गर्दै गाडी सम्बन्धी जानकारीर आवश्यक सहयोग प्राप्त गरेका छन्।  

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. र हुन्डाई नेपाल ईटहरी र विराटनगरको कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिन चाहन्छ। एक सफा र स्मार्ट भविष्य तर्फको आफ्नो यात्रालाई अगाडि बढाउँदै देशको सबै क्षेत्रमा ग्राहकसँगको सम्बन्धलाई अझै बलियो बनाउन कम्पनी प्रतिबद्ध छ।

नक्सालमा खुल्यो सि-कार, नयाँ तथा पुराना गाडीको सोरुम, चाजिङ स्टेसन र क्याफे एकै ठाउँमा

नक्सालमा खुल्यो सि-कार, नयाँ तथा पुराना गाडीको सोरुम, चाजिङ स्टेसन र क्याफे …

यामाहाले ७० औं वार्षिकोत्सवमा ल्यायो राष्ट्रव्यापी एक्सचेन्ज अफर !

यामाहाले ७० औं वार्षिकोत्सवमा ल्यायो राष्ट्रव्यापी एक्सचेन्ज अफर !

केयी इ–क्यूट ०२ अब नेपाली बजारमा, यस्तो छ मूल्य र विशेषता

केयी इ–क्यूट ०२ अब नेपाली बजारमा, यस्तो छ मूल्य र विशेषता

टिएम १ का १०० भन्दा बढी युनिटहरू सडकमा गुड्दै: नेपालको फेवरेट कमर्सियल ईभीको महत्वपूर्ण उपलब्धि

टिएम १ का १०० भन्दा बढी युनिटहरू सडकमा गुड्दै: नेपालको फेवरेट कमर्सियल ईभीक…

यामाहाले ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सवमा मनायो अर्थपूर्ण उत्सव

यामाहाले ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सवमा मनायो अर्थपूर्ण उत्सव

शार्क ट्याङ्क नेपालको पहिलो सिजनको “पावर्ड बाइ” प्रायोजक बन्यो टीभीएस अपाचे

शार्क ट्याङ्क नेपालको पहिलो सिजनको “पावर्ड बाइ” प्रायोजक बन्यो टीभीएस अपाचे

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव: यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव: यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्रा…

२३ दिनमै देशभरिका ८ अत्यन्तै कठिन अफ–रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप

२३ दिनमै देशभरिका ८ अत्यन्तै कठिन अफ–रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप